भदौ २१, ओखलढुंगा । नेपाल विद्युत प्राधिकरण ओखलढुंगाले महसुल नबुझाउने ग्राहकको विद्युत लाईन काट्नु सुरु गरेको छ । 

यस अघि एक साता सम्म महसुल बुझाउने समय दिएको प्राधिकरणले आजबाट धमाधम लाईन काट्न सुरु गरेको हो । सार्वजनिक सुचना जारी गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, ओखलढुंगा । नेपाल विद्युत प्राधिकरण ओखलढुंगाले महसुल नबुझाउने ग्राहकको विद्युत लाईन काट्नु सुरु गरेको छ । 

यस अघि एक साता सम्म महसुल बुझाउने समय दिएको प्राधिकरणले आजबाट धमाधम लाईन काट्न सुरु गरेको हो । सार्वजनिक सुचना जारी गर"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

विद्युत महसुल नबुझाएको भन्दै उद्योग वाणिज्य संघ र रेडियो ओखलढुंगाको लाईन काटियो

२१ भाद्र २०७३, मंगलवार १२:४३

भदौ २१, ओखलढुंगा । नेपाल विद्युत प्राधिकरण ओखलढुंगाले महसुल नबुझाउने ग्राहकको विद्युत लाईन काट्नु सुरु गरेको छ । 

यस अघि एक साता सम्म महसुल बुझाउने समय दिएको प्राधिकरणले आजबाट धमाधम लाईन काट्न सुरु गरेको हो । सार्वजनिक सुचना जारी गरेर पटक पटक आग्रह गर्दापनि विद्युत महसुल नबुझाए पछि आज उद्योग वाणिज्य संघ ओखलढुंगा र रेडियो ओखलढुंगाको लाईन काटिएको नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका प्रशासन प्रमुख शान्तिलाल खतिवडाले जानकारी दिनुभयो । 

प्राधिकरणको केन्द्रिय निर्देशन अनुसार प्रशासन प्रमुख शान्तिलाल खतिवडा र प्राविधिक शारदा प्रसाद खतिवडाको नेतृत्वमा आजबाट लाईन काट्ने काम सुरु गरिएको उहाँको भनाई छ । उहाँका अनुसार केहि ग्राहकहरुले भने लाईन काट्न पुगेका प्राधिकरणका कर्मचारीहरुलाई रकम बुझाएका छन् ।

आज लाईन काटिएको उद्योग वाणिज्य संघले ७ हजार ९ सय ५० र रेडियो ओखलढुंगाले ५८ हजार ५ सय १६ रुपैँया बुझाउन बाँकि छ । अब महसुल बुझाउँदा यसमा २५ प्रतिशत जरीवाना समेत लाग्ने छ । त्यस्तै नेपाल निजामती कर्मचारी संगठनले पनि १० हजार ९ सय १५ रुपैँया बुझाउन बाँकि रहेको छ । संगठनको पनि लाईन काटिने जनाईएको छ । दर्जन भन्दा बढि ग्राहकले रकम नबुझाएकाले उनिहरु सबैको लाईन काटिने नेपाल विद्युत प्राधिकरण ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने