भदौ २१, काठमाडौँ । स्क्रब टाइफसवाट छ जनाको मृत्यु भएको छ । "/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २१, काठमाडौँ । स्क्रब टाइफसवाट छ जनाको मृत्यु भएको छ । "/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्क्रब टाइफसवाट ६ जनाको मृत्यु

२०७३, २१ भाद्र मंगलवार १३:१३


भदौ २१, काठमाडौँ । स्क्रब टाइफसवाट छ जनाको मृत्यु भएको छ । 

गत वैशाखदेखि हालसम्म सो मृत्यु भएको हो । उक्त अबधिमा ३२ जिल्लाका २२२ जनामा ‘स्क्रब टाइफस देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैभन्दा बढी यस रोगका बिरामी चितवनमा देखिएका छन् । यो रोगका कारण मृत्युहुनेमा सङ्खुवासभाका दुई तथा भोजपुर, तनहुँ, गुल्मी र चितवनका एक/एक जना छन् । गत वर्ष यो रोगको सङ्क्रमणबाट १०१ जना विरामी परेका थिए भने आठ जनाको मृत्यु भएको थियो । 

मुसाको कानमा बस्ने माइट (एक प्रकारको सुक्ष्म किरा) झारपातमा सर्ने र झारपातको माध्यमबाट मानिसमा सर्ने गर्दछ । माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु शरीरमा प्रवेश गरेको व्यक्ति यो रोगवाट सङ्क्रमित हुने महाशाखाका विपद् व्यवस्थापन शाखाका प्रमुख डा गुणनिधि शर्माले बताउनुभयो । 

प्रमुख डा शर्माल भन्नभयो, “कडा ज्वरो आएको छ भने स्क्रब टाइफस पनि हुन सक्छ, त्यसैले तत्काल स्वास्थ्य संस्था गएर उपचार गराउनुपर्दछ । यो सामान्य उपचारबाट निको हुने रोग भएपनि उपचारमा ढिलाइ भएमा बिरामीको ज्यानै जान सक्छ” उहाँले भन्नुभयो । 

यो रोगको उपचार गरी जोखिम न्यूनिकरण गर्न सबै स्वास्थ्य चौकीमा औषधि विवरण गरिसकेको महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा भीम आचार्यले डक्सी साइक्लिन, एजिथ्रोमाइसिन, क्लाराम फनिकल, सिप्रोफोलाक्सिासिनमध्ये कुनै एक औषधि पाँचदेखि दसदिन प्रयोग गरे बिरामी पूर्णरुपमा निको हुने बताउनुभयो । 

चिकित्सकका अनुसार यो रोगको सङ्क्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । डा शर्माका अनुसार स्क्रब टाइफस जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि २० दिनमा यसको लक्षण देखिन थाल्दछ । व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थी सुन्निने लक्षण देखिन्छन् । समयमै उपचार नगरे कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ । 

कृषिजन्य काम गर्ने मानिस यो रोगको उच्च जोखिममा रहेको चिकित्सकको भनाइ छ । घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नुप¥यो भने केही बिछाएर मात्र बस्ने गर्नुपर्छ । 

यो रोगको बारेमा ९० प्रतिशत पहिचान लक्षणकै आधारमा हुने भएकाले बाहिर प्रचार भएजस्तो कीटबिना उपचार नहुने गलत प्रचारप्रसार भइरहेको निर्देशक आचार्यले बताउनुभयो । “स्क्रब टाइफस हो या हैन भन्ने पत्ता लगाउन मात्र कीटको आवश्यकता पर्ने हो”–महाशाखाका निर्देशक डा आचार्यले भन्नुभयो, “यो रोगको ९० प्रतिशतभन्दा बढी पहिचान यसको लक्षणबाट नै हुने भएकाले औषधि चलाउन मिल्छ, कीटकै कारण उपचार रोकिदैन ।” 

गत वर्ष भदौ १३ गते नेपालमा पहिलोपटक स्क्रब टाइफस देखिएको थियो । यो रोग मान्छेबाट मान्छेमा नसर्ने चिकित्सकको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश