भदौ २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको संविधान कार्यान्वयन गराउन प्रशासनिक पुनःसंरचना चाँडै गर्नुपर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज उच्चस्तरीय सङ्घीयता कार्यन्वयन तथा प्रशासन पुनःस"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको संविधान कार्यान्वयन गराउन प्रशासनिक पुनःसंरचना चाँडै गर्नुपर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज उच्चस्तरीय सङ्घीयता कार्यन्वयन तथा प्रशासन पुनःस"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भौगोलिक पुनःसंरचनाभन्दा प्रशासनिक पुनःसंरचना जटिल: प्रधानमन्त्री

२०७३, २१ भाद्र मंगलवार १३:३४

भदौ २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको संविधान कार्यान्वयन गराउन प्रशासनिक पुनःसंरचना चाँडै गर्नुपर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज उच्चस्तरीय सङ्घीयता कार्यन्वयन तथा प्रशासन पुनःसंरचना निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले २०७४ माघ ७ भित्र सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले प्रशासनिक पुनःसंरचनाको काम चाँडै गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रलाई दुर्घटनाबाट जोगाउन समयमा सङ्घीयता कार्यान्वयन गर्नु जरुरी रहेको बताउनुभयो । 

‘‘संविधान कार्यान्वयन गराउन तीन तहको निर्वाचन गर्नुपर्दछ होइन भने देशमा राजनीतिक दुर्घटना हुने खतरा हुन्छ’’ उहाँले भन्नुभयो–‘‘तीन तहको निर्वाचन गर्नको निम्ति प्रशासनिक पुनःसंरचनाको काम महत्वपूर्ण हो, त्यो गर्न सकेनौँ भने निर्वाचन सम्पन्न हुँदैन ।’’ 

उहाँले प्रशासनिक संयन्त्र सयाँै वर्षदेखिको संस्कारमा चलेकाले नयाँ संरचनामा जाने कुरा जटिल र चुनौतीपूर्ण भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले संविधानले निर्दिष्ट गरेका उद्देश्यलाई पूरा गराउन कठोर भई काम गर्न सचिवहरुलाई निर्देशनसमेत दिनुभयो । 

‘‘संविधान कार्यान्वयन गराउने कुरा सजिलो काम होइन । चुनौतीपूर्ण रहेको छ’’उहाँले भन्नुभयो–‘‘निर्मम नभई संविधानको भावना र मर्मलाई कार्यान्वयन गराउन सकिंदैन । त्यसैले कठोर भएर काम गर्नुहोस् ।’’ प्रधानमन्त्री दाहालले देश सङ्घीयतामा जाँदा मौलिक पुनःसंरचनाभन्दा प्रशासनिक पुनःसंरचना आफूले जटिल देखेको बताउनुभयो । 

‘‘सङ्घीयतामा जाँदा सबै कुरा मिल्छ, तर मानिस यताउता पार्ने काम अलि जटिल देखेको छु’’ उहाँले भन्नुभयो–‘‘सेना, पुलिस निजामती को कुन सङ्घ, प्रदेश वा स्थानीय निकायमा जाने, कसको अधिकार कति हुने भन्ने कुरा अलि जटिल छ ।’’ 

प्रधानमन्त्री दाहालले सङ्घीयताको ढाँचा सरकार र कर्मचारीको लागि ठूलो चुनौती भएको बताउँदै रातदिन खटेर ढाँचा तयार पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रशासनिक पुनःसरचनाको काम अंशअंशमा नगरेर समग्रतामा काम गर्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा मुख्यसचिव डा सोमलाल सुवेदीले प्रशासन पुनःसंरचनाको कामलाई मन्त्रालयहरुले सोचेअनुसार अगाडि बढाउन नसकेको बताउनुभयो । ‘‘पुनःसंरचना कसरी गर्ने भन्नेमा मन्त्रालय अझै द्वीविधा छ’’ उहाँले भन्नुभयो–‘‘त्यसैले पुनःसंरचनाको काम अगाडि बढ्न नसकेको हो ।’’ बैठकले अबदेखि प्रत्येक मन्त्रालयले प्रशासनिक पुनःसंरचनाको काम आ–आफ्नो ढङ्गले बढाउनुपर्ने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालयका सहसचिव दामोदर रेग्मीले जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश