भदौ २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको संविधान कार्यान्वयन गराउन प्रशासनिक पुनःसंरचना चाँडै गर्नुपर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज उच्चस्तरीय सङ्घीयता कार्यन्वयन तथा प्रशासन पुनःस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको संविधान कार्यान्वयन गराउन प्रशासनिक पुनःसंरचना चाँडै गर्नुपर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज उच्चस्तरीय सङ्घीयता कार्यन्वयन तथा प्रशासन पुनःस"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भौगोलिक पुनःसंरचनाभन्दा प्रशासनिक पुनःसंरचना जटिल: प्रधानमन्त्री

२१ भाद्र २०७३, मंगलवार १३:३४

भदौ २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको संविधान कार्यान्वयन गराउन प्रशासनिक पुनःसंरचना चाँडै गर्नुपर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज उच्चस्तरीय सङ्घीयता कार्यन्वयन तथा प्रशासन पुनःसंरचना निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले २०७४ माघ ७ भित्र सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले प्रशासनिक पुनःसंरचनाको काम चाँडै गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रलाई दुर्घटनाबाट जोगाउन समयमा सङ्घीयता कार्यान्वयन गर्नु जरुरी रहेको बताउनुभयो । 

‘‘संविधान कार्यान्वयन गराउन तीन तहको निर्वाचन गर्नुपर्दछ होइन भने देशमा राजनीतिक दुर्घटना हुने खतरा हुन्छ’’ उहाँले भन्नुभयो–‘‘तीन तहको निर्वाचन गर्नको निम्ति प्रशासनिक पुनःसंरचनाको काम महत्वपूर्ण हो, त्यो गर्न सकेनौँ भने निर्वाचन सम्पन्न हुँदैन ।’’ 

उहाँले प्रशासनिक संयन्त्र सयाँै वर्षदेखिको संस्कारमा चलेकाले नयाँ संरचनामा जाने कुरा जटिल र चुनौतीपूर्ण भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले संविधानले निर्दिष्ट गरेका उद्देश्यलाई पूरा गराउन कठोर भई काम गर्न सचिवहरुलाई निर्देशनसमेत दिनुभयो । 

‘‘संविधान कार्यान्वयन गराउने कुरा सजिलो काम होइन । चुनौतीपूर्ण रहेको छ’’उहाँले भन्नुभयो–‘‘निर्मम नभई संविधानको भावना र मर्मलाई कार्यान्वयन गराउन सकिंदैन । त्यसैले कठोर भएर काम गर्नुहोस् ।’’ प्रधानमन्त्री दाहालले देश सङ्घीयतामा जाँदा मौलिक पुनःसंरचनाभन्दा प्रशासनिक पुनःसंरचना आफूले जटिल देखेको बताउनुभयो । 

‘‘सङ्घीयतामा जाँदा सबै कुरा मिल्छ, तर मानिस यताउता पार्ने काम अलि जटिल देखेको छु’’ उहाँले भन्नुभयो–‘‘सेना, पुलिस निजामती को कुन सङ्घ, प्रदेश वा स्थानीय निकायमा जाने, कसको अधिकार कति हुने भन्ने कुरा अलि जटिल छ ।’’ 

प्रधानमन्त्री दाहालले सङ्घीयताको ढाँचा सरकार र कर्मचारीको लागि ठूलो चुनौती भएको बताउँदै रातदिन खटेर ढाँचा तयार पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रशासनिक पुनःसरचनाको काम अंशअंशमा नगरेर समग्रतामा काम गर्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा मुख्यसचिव डा सोमलाल सुवेदीले प्रशासन पुनःसंरचनाको कामलाई मन्त्रालयहरुले सोचेअनुसार अगाडि बढाउन नसकेको बताउनुभयो । ‘‘पुनःसंरचना कसरी गर्ने भन्नेमा मन्त्रालय अझै द्वीविधा छ’’ उहाँले भन्नुभयो–‘‘त्यसैले पुनःसंरचनाको काम अगाडि बढ्न नसकेको हो ।’’ बैठकले अबदेखि प्रत्येक मन्त्रालयले प्रशासनिक पुनःसंरचनाको काम आ–आफ्नो ढङ्गले बढाउनुपर्ने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालयका सहसचिव दामोदर रेग्मीले जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता