2026-10-17 05:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमासहित दुई पक्राउ

असार ८, अर्घाखाँची | अर्घाखाँचीमा गत जेठ १ गते देखि यता  एक युवकद्वारा पटक पटक बालिकालाई बलात्कारको शिकार बनाउनमा मुख्य सहयोगी ती बालिकाकी हजुर आमा नाता पर्ने  एक  महिला भएको प्रहरीले खुलासा गरेको छ ।

सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई  सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले त्यसरी पटक पटक बलात्कार गर्ने गरेको यहि असार ५ गते जाहेरी परेको थियो ।  तत्पश्चात ती  बालिकालाई  बलात्कार गराउनमा  हजुर आमा नाता पर्ने छिमेकी  ४० बर्षीया महिला नै मुख्य सहयोगी रहेको  खुलासा भएको हो ।

पीडित पक्षले दिएको जाहेरी अनुसार गत जेठ १ गते राती  ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ , बिस्कुट  खान जाउँ भन्ने आश्वासन दिदै र  अन्य लोभ लालच समेत देखाउँदै  बलात्कारको शिकार बनाएकी थिइन् ।

त्यस यता पनि  उनले आफ्नो घरमा र  पटक पटक जंगल लगायत विभिन्न स्थानमा लगेर  न्यौपानेबाट बलात्कार गराई पैसा समेत लिने गरेको पाइएकोले  ती दुबैलाई पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मरबहादुर थापा क्षेत्रीले बताए ।  

उनीहरु दुबै जना बिरुद्ध मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरि अदालतमा पेश गरि ६ दिन म्याद थप्दै अनुसन्धान अगाडी बढाईएको डिएसपी थालाले जानकारी दिए ।

बलात्कार पश्चात उनको स्वास्थ्य अवस्था बिग्रिँदै गए पछि कक्षा ६ मा पढ्ने उनी विद्यालय जान पनि छाडेकी छन् । उनी घरमा समेत बेला बेलामा बर्बराउँदै  मध्यरातमा बाहिर  जाने  गरेकी छन् ।  बालिकालाई बलात्कार  गरे, गराए पश्चात उनलाई कसैलाई जानकारी दिए कुट्ने मार्ने लगायतको धम्की दिदै थप मानसिक पीडा दिदै आएको समेत बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु