२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

८ असार २०७९, बुधबार १०:०६

असार ८, खोटाङ | हजुरआमाको हत्या  अभियोगमा नाति पक्राउ परेका छन् । खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दैआएकी ७७ वर्षीया तुलसा खड्कालाई गत स्थानीय तह निर्वाचनकाे बेला भोट हाल्न गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको अभियोगमा नाति हरि खड्का पक्राउ परेका हुन् ।

घटनापछि सम्पर्कविहीन बनेका खड्कालाई प्रहरीले भारतको सिलीगुढीबाट मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङले खड्का पक्राउ परेको पुष्टि गरे पनि थप अनुसन्धानपछि यथार्थ सार्वजनिक गर्ने जनाएको छ । 

तुलसा ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्न भन्दै २६ वैशाखमा नाति हरिसँग सुनसरीबाट खोटाङतर्फ गएकी थिइन । तर, मतदानका लागि हिँडेकी वृद्धाको शव ३१ वैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा सुनकोसी नदी किनारमा भेटिएको थियो ।

बेवारिसे अवस्थामा भेटिएको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटारमा लगेर पोष्टमार्टम गरेको थियो । पोष्टमार्टमपछि पनि आफन्त सोधीखोजीमा नपुगेपछि बेवारिसे बनेको शवको २ जेठमा सदगद् गरिएको थियो । दाँत, साडी, चोलो लगायतका माध्यमबाट ठुलीआमाको पहिचान गरेकाे भतिजी लक्ष्मी खड्काले बताइन् । उनको गत १८ जेठमा सनाखत भएको थियो ।  

गत १० जेठसम्म सम्पर्कमा रहेका अभियुक्त १३ जेठदेखि सम्पर्कविहीन बनेका थिए । हजुरआमाको हत्या गरेको भन्दै नातिविरुद्ध १८ जेठमा जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता भएको थियो । पारिवारिक बेमेल र हिंसापीडित वृद्धालाई भतिजी लक्ष्मीले आफ्नो घर नजिकै कोठा व्यवस्था गरेर एक वर्षदेखि रेखदेखमा राखेकी थिइन् । 

शहरबाट मतदान गर्न गाउँ जाने मतदाताका लागि विभिन्न दलका उम्मेदवारले गाडीको व्यवस्था गरेको थियो । लक्ष्मीले ठुलीआमालाई यस्तै प्रायोजित गाडीमार्फत गाउँ गएर मतदान गर्न जान र फर्कन सुझाएका थिए । तर, आफू बिहेमा गएको बेलामा वृद्धालाई मतदान गर्न गाउँ लैजाने वाहनामा बेत्तपा पारेकाे लक्ष्मीको दावी छ । मतदानका लागि सँगै गएका हजुरआमा बेपत्ता भएपछि आफन्तहरूले नातिमाथि शंका गरेका थिए ।

त्यसपछि नाति हरि खड्का बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली