भदौ २२, मोरङ । विराटनगरको उपमहानगरपालिका -१३ तीनटोलियाको सिद्धार्थ मार्गमा अक्सफोर्ड ब्वाइज होष्टल सञ्चालन गर्दैआएका सुनसरी औरावनी -५ का २० वर्षीय विनोद यादवको सोमबार राति विभत्स हत्या भएको छ । 

उक्त मार्गमै रहेको ओमकार श्रेष्ठको घर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, मोरङ । विराटनगरको उपमहानगरपालिका -१३ तीनटोलियाको सिद्धार्थ मार्गमा अक्सफोर्ड ब्वाइज होष्टल सञ्चालन गर्दैआएका सुनसरी औरावनी -५ का २० वर्षीय विनोद यादवको सोमबार राति विभत्स हत्या भएको छ । 

उक्त मार्गमै रहेको ओमकार श्रेष्ठको घर"/>

2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

होष्टल सञ्चालक हत्या प्रकरण: एक जना प्रहरी नियन्त्रणमा

भदौ २२, मोरङ । विराटनगरको उपमहानगरपालिका -१३ तीनटोलियाको सिद्धार्थ मार्गमा अक्सफोर्ड ब्वाइज होष्टल सञ्चालन गर्दैआएका सुनसरी औरावनी -५ का २० वर्षीय विनोद यादवको सोमबार राति विभत्स हत्या भएको छ । 

उक्त मार्गमै रहेको ओमकार श्रेष्ठको घरमा प्रहरीले मंगलबार बिहान उनको शव तीन टुक्रा पारिएको अवस्थामा फेला पारेको थियो । उनको टाउको, खुट्टा र शरिरकोबीच भाग अलग अलग स्थानमा फेला परेको थियो ।

श्रेष्ठको घरमा भदौ १५ गतेदेखि सिरहाका २० वर्षीय राकेश कुमार यादव, १९ वर्षका सरोज यादव र कृष्ण यादव, सप्तरीका १८ वर्षीय जितेन्द्र साह र १३ बर्षीय मनोजकुमार साह भाडामा बस्दै आएका थिए । मृतक यादव सोमबार साँझ उनीहरुको कोठामा पार्टी खान गएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । यादवको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले जानकारी दिए । 

उनका अनुसार श्रेष्ठको घरमा बस्ने १३ वर्षीय मनोजकुमार साह बाहेक अरु ४ जना फरार रहेका छन् । फरार उनीहरुले मनोजलाई कोठामा थुनेर भागेको पाइएको छ । मृतकको सनाखत भइसकेको उल्लेख गर्दैएसपी भण्डारीले भने हत्यामा संलग्नको खोजी भइरहेको बताए ।

कोठामै थुनिएका १३ वर्षीय मनोज प्रहरी नियन्त्रणमा छन् । उनले प्रहरीलाई बताए अनुसार आफूलाई सोमबार राति कोठामा बसेर पढ भन्दै उनीहरु सबै खानपिनमा बसेका थिए । 

लासको पोष्टमार्टमका लागि प्रहरीले बीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । प्रहरीले घटना बारेमा अनुसन्धान जारी राखेकाले पत्रकारहरुलाई यस विषयमा केही जानकारी गराइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई