भदौ २२, काठमाडौं । सोमबार राति महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार गराइरहेका १९ वर्षीया विजय तामाङले अस्पतालक"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, काठमाडौं । सोमबार राति महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार गराइरहेका १९ वर्षीया विजय तामाङले अस्पतालक"/>
२०८३, २० जेष्ठ बुधबार
काठमाडौँ - KTM

टिचिङ अस्पतालबाट हाम फालेका विजयले यस्तो ‘सुसाइड नोट’ लेखेका रहेछन !

२०७३, २२ भाद्र बुधबार ०५:३५

भदौ २२, काठमाडौं । सोमबार राति महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार गराइरहेका १९ वर्षीया विजय तामाङले अस्पतालकै ३ तलामाथिबाट हाम फालेर आत्महत्या गरे ।

दोलखा घर भएका विजय मिर्गौला विग्रिएपछि शिक्षण अस्पतालमा उपचाररत थिए । अस्पतालको झ्यालबाट हाम फालेर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको अस्पतालले बताएको छ । मृतक लामाको मंगलबार नै शिक्षण अस्पतालमा पोस्टमार्टम समेत गरियो ।

खोजतालसकै क्रममा उनले अस्पतालको झ्यालबाट हामफाल्नु अघि लेखेको 'सुसाइड नोट' भेटिएको छ । आफूमा बाँच्ने आशा मरिसकेकाले आत्महत्याको बाटो रोजेको लामाले सुसाइड नोटमा लेखेका छन् । आमालाई सम्बोधन गरेर लेखेको मर्मस्पर्शी 'सुसाइड नोट' यस्तो छ ।

'ममी मलाई माफ गरिदिनुहोला । म तपाईंलाई दुःख दिन चाहन्न । त्यसैले म यो झ्यालबाट हाम फालेर आत्महत्या गर्दैछु । म मरेपछि मलाई यहाँ नजलाउनु होला । मलाई हजुरबुवा र हजुर आमा कहाँ लैजानु होला ।' त्यसैगरी अग्रेंजीमा आफ्ना बुवालाई भनेका छन्, 'ड्याड लभ भेरी मच । अर्को जुनी लिएर भेट हुनेछ ।'

विपन्न परिवारका विजयले आफ्नो उपचारका धेरै पैसा खर्च हुने भएपछि जीवनदेखि निराश बन्दै आत्महत्याको बाटो रोज्न बाध्य भएको 'सुसाइड नोट'बाट प्रष्ट भएको छ । 

मन्त्री र राष्ट्रपतिलाई उपचारका लागि करोडौं रकम छेलोखेलो गराउन सक्ने सरकारले विजयजस्ता युवाहरुलाई यसैगरी मारिरहेको छ । सायद राज्यले गरेको यो अन्याय कुनै कठघरामा उभिने पनि छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश