२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा चिकित्सकमाथि ट्राफिकले गरे निर्घात कुटपिट

१४ असार २०७९, मंगलवार ०७:५७

असार १४, ललितपुर | ललितपुरमा चिकित्सकमाथि ट्राफिकले निर्घात कुटपिट गरेका छन्। आइतबार बेलुकी ललितपुरको कुसुन्तीमा ड्युटीमा खटिएका ट्राफिकले डा. कुलबहादुर घिसिङमाथि कुटपिट गरेका हुन्। पीडितका आफन्तका अनुसार डा. घिसिङको मुखमा गम्भीर चोट लागेको छ। आफन्त इशुमाया वुजुले उनको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको बताइन्। 

ट्राफिक प्रहरी सातदोबाटोका अनुसार ट्राफिक राजेन्द्र थापाले कुटपिट गरेको र उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। डा. घिसिङ आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत छन्।

फुटपाथबाट पैदलयात्रा गरिरहेको अवस्थामा कुटपिट भएको भन्दै कुटपीट गर्ने थापालाई कारबाही र आफ्नो उपचार खर्चको व्यवस्था मिलाउन माग गरेका छन्। निवेदनमा भनिएको छ, ‘कसुर बेगर ढेस्सिएर किन आएको भन्दै कुटपिट, हातपात गरी रगताम्य पारी, डाक्टर हुँ किन यस्तो गरेको भनि कार्ड देखाउँदा समेत कुरै नसुनी कुटपिट गरी भाईलाई घाइते पारी हाल अल्का अस्पतालबाट उपचार भइरहेको छ। निज ट्राफिक प्रहरी राजेन्द्र थापालाई उपस्थित गराई आवश्यक कारवाही गरी शान्ति सुरक्षा पाउँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा