जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख ए"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा घर भाडामा लिएर चिनियाँको अवैध गतिविधि

२०७९, १७ असार शुक्रबार ०६:१२

असार १७, पोखरा | पोखरा महानगरपालिका–१७, ड्यामसाइटमा घर भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गरेको देखिएको छ ।


जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी रमेश थापाका अनुसार चिनियाँ नागरिकको संलग्नतामा अवैध काम भइरहेको आधारमा प्रहरीले बिहीबार चिनियाँ नागरिकले चलाएको कम्पनीमा छापा हानेको थियो ।

नेपाली नागरिक ककनी, नुवाकोटका सुमन तामाङको नाममा दर्ता रहेको डायमन्ड टेक्नोलोजी नामक कम्पनीमार्फत उनीहरुले अवैध गतिविधि गरिरहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी सुन्दर तिवारीका अनुसार उनीहरुले एकजना व्यक्तिको पूरै घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका थिए । ७५ नेपाली युवालाई रोजगारी दिने प्रलोभनमा चिनियाँ नागरिकले त्यहाँ भेला गराएका थिए ।

‘उनीहरुले त्यहाँ के गरिरहेका थिए भन्ने विषयमा विस्तृत अनुसन्धान हुन्छ’ डीएसपी तिवारीले भने, ‘अहिले धेरैजनामाथि अनुसन्धान र छानविन गर्नुपर्ने भएकाले विस्तृत अनुसन्धानपछि मात्रै विस्तृतमा बताउन सकिन्छ ।’

हाललाई प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन चिनियाँ र अर्का नेपाली नागरिक छन् ।

‘दुई चिनियाँको कागजपत्र देखिएको छैन, त्यसैले अध्यागमन कानून अनुसार पनि उनीहरु कारबाहीको भागीदार छन्’ तिवारीले भने, ‘अन्यको हकमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ कार्यालयबाट ४७ लाख ९७ हजार रुपैयाँ पनि बरामद भएको छ, जसको उनीहरुले स्रोत खुलाउन सकेका छैनन् ।

‘त्यो रकमको स्रोतबारे पनि अनुसन्धान हुन्छ’ तिवारी भन्छन् । कार्यालयमार्फत साइबर अपराध जोडिएका गतिविधि भइरहेको प्रहरीको आशंका छ ।

नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र ठगीजन्य गतिविधि गरिरहेको सूचना प्रहरीलाई छ । नेपालस्थित चिनियाँ दूतावासले दिएको सूचनाको आधारमा प्रहरीले ७ पुस २०७७ मा अपरेशन चलाएर काठमाडौं उपत्यकाबाट १२२ जना चिनियाँलाई पक्राउ गरेको थियो ।

त्यतिवेला दिइएको सूचनामा काठमाडौं बाहेक पोखरा, विराटनगर, चितवनसहितका शहरमा गरी करिब ४ हजार चिनियाँ नागरिकले नेपालमा बसेर चीनविरुद्ध अवैध गतिविधि गरिरहेको भनिएको थियो । यद्यपि, त्यतिवेला ठगीका गिरोहका मुख्य सदस्यहरुलाई नेपाल प्रहरीले भगाएको आरोपमा चिनियाँ पक्ष असन्तुष्ट भएको थियो ।

काठमाडौं उपत्यकाबाहिर प्रहरीले यस्ता गतिविधिमा संलग्न चिनियाँविरुद्ध हालसम्म अपरेशन चलाएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित