भदौ २२, झापा । झापामा शुद्ध खानेपानीमा ८२ प्रतिशत जनताको पहुँच विस्तार भएको दाबी गरिएको छ । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाले आर्थिक वर्ष २०७२/०७३ को अन्त्यसम्ममा झापाको कुल जनसङ्ख्या मध्ये ८२.५० प्रतिशत जनताको शुद्ध पिउने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, झापा । झापामा शुद्ध खानेपानीमा ८२ प्रतिशत जनताको पहुँच विस्तार भएको दाबी गरिएको छ । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाले आर्थिक वर्ष २०७२/०७३ को अन्त्यसम्ममा झापाको कुल जनसङ्ख्या मध्ये ८२.५० प्रतिशत जनताको शुद्ध पिउने"/>

2026-09-19 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका ८२ प्रतिशत जनता शुद्ध खानेपानीको पहुँचमा

भदौ २२, झापा । झापामा शुद्ध खानेपानीमा ८२ प्रतिशत जनताको पहुँच विस्तार भएको दाबी गरिएको छ । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाले आर्थिक वर्ष २०७२/०७३ को अन्त्यसम्ममा झापाको कुल जनसङ्ख्या मध्ये ८२.५० प्रतिशत जनताको शुद्ध पिउने पानीमा पहुँच भएको तथ्य सहित दाबी गरेको हो ।

३३ गाउँ विकास समिति र ८ वटा नगरपालिका रहेको झापामा ८ लाख १२ हजार ६ सय ५० जनसङ्ख्या रहेकोमा ८२.५० प्रतिशतले आधारभूत स्वास्थ्यका लागि उपयोगी शुद्ध पानी पिउने वातावरण रहेको कार्यालयले जनाएको छ । 

कार्यालयले वातावरणीय स्वास्थ्यका लागि खुला दिशामुक्त अभियान सञ्चालन गर्दै ५ वटा गाविस खुला दिशामुक्त बनाइ सकेको छ भने बाँकी गाविस तथा नगरपालिका आर्थिक वर्ष २०७३/०७४ को अन्त्यसम्ममा खुला दिशामुक्त हुने गरी काम अगाडि बढिरहेको कार्यालय प्रमुख चोकप्रसाद धितालले जानकारी दिए । प्रमुख घितालका अनुसार झापाका दुवागढी, खुदुनावारी, धाइजन, बुधवारे र जलथल गाविस खुला दिशामुक्त भइसकेका छन् ।

अहिले पनि झापामा २२.४१ प्रतिशत घरधुरी सङ्ख्या चर्पीविहीन छन् भने १७.५० प्रतिशत जनता शुद्ध पिउने पानी सेवाबाट टाढा रहेको पाइएको छ । सन् २०१६ भित्र आधारभूत स्वास्थ्यका लागि शुद्ध पिउने पानी र खुला दिशामुक्त समाज निर्माण अभियान पूरा हुनेमा शङ्खा उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई