२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पहिरोले फेदीका १० घर जोखिममा

१९ असार २०७९, आईतवार ०२:१७

असार १९, खोटाङ | खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा पहिरोले १० घर जोखिममा पर्नुका साथै एउटा दुहुनो भैंसी मारिएको छ । शुक्रबार रातको अविरल वर्षापछिको पहिरोले फेदी शुक्रबारेका बुद्धिराज राईको घरमुनिबाट पहिरो गएको छ । सर्नका लागि तयार पारिएको घरको पेटीभन्दा मुनिबाट पहिरो गएको फेदीका वडाध्यक्ष निरकुमार राइले  बताए । बुद्धिराजको पेटीबाट झरेको पहिरो केहीमुनि रहेको दुजयन्ती राईको घरमाथि सडकमा थुप्रिएको छ । 

यस्तै, माथिबाट झरेको पहिरोले तीन ओटा गोठ बगाउँदा समाक्षमा राईको एउटा दुहुनो भैंसी मरेको छ । त्यस्तै, एउटा थोरे भैंसीको खुट्टा भाँचिएको छ ।  घरभन्दा केहीमाथि रहेको तपसी–दामलुङ सडकको नयाँ ट्रयाकबाट पहिरो जाँदा गोठ पुरिएको हो । घर भने जोगिएको वडाध्यक्ष राईले बताए । 

यस्तै, चिलिंखाका नविन राईको घरमुनि पहिरो गएको छ । पहिरोले घर लच्काएको छ । पहिरोले घर जोखिममा परेपछि समाक्षमा राई, नविन राई, लाखमनी राई, रत्नमणी राई, मतीराज राई, इन्द्रमनी राई, धनकुमार राई र बडामनी राईको परिवारलाई तपसीडाँडामा सार्ने तयारी गरिएको छ । केही स्थानीय शनिबार रातीदेखि नै घर छाडेर तपसीडाँडाका पसल तथा छाडिएका रित्तो घरमा बास बस्न पुगेको वडाध्यक्ष राईले बताए ।

फेदीको याक्सामा सडककै कारणले गएको पहिरोले घरमा क्षति पुगेको छ । त्यसको विस्तृत जानकारी आउन बाँकी छ । अनुगमनमा पुग्दा पहिरोले फेदीमा वितण्डा मच्याएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य