2026-10-26 08:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रारा जान अब छोटो पदमार्ग

असार १९, मुगु | कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल पुग्न लामाचौरबाट पर्यटकय पदमार्ग निर्माण गरिएको छ । छायाँनाथ रारा नगरपालिका–३ लामाचौर गैराकाँडादेखि रावत महादेव, भेडीखोर, दिघे भालु, ठाकुरनाथ मन्दिर हुँदै रारा तालसम्म जाने नयाँ पर्यटकीय पदमार्ग निर्माण सुरु गरिएको हो ।

हाल लामाचौर र सल्लेरीबाट जाने गरिए पनि यो पदमार्ग निर्माणपछि लामाचौरको छोटो पदमार्गमा प्रायः जिल्लाका पर्यटकीय स्थानहरूमा अवलोकन गर्न सकिने भएको छ । 

पर्यटकीय पदमार्ग स्थल सञ्चालन भएको स्थान लामाचौरसम्म पुग्न सदरमुकाम गमगढी बजारबाट करिब डेट घण्टा लाग्छ । लामाचौरबाट करिब २० देखि ३० मिनेटको पैदल यात्राले रारा ताल पुग्न सकिने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

सदरमुकाम गमगढी बजारदेखि रारा तालको काख सल्लेरी र लामाचौरसम्म सवारी साधनमा जान पनि सकिन्छ । तर, पैदल जान चाहने पर्यटकका लागि नयाँ पदमार्ग निर्माण सुरु गरिएको हो ।

रारा तालमा आन्तरिक तथा बाह्य पर्यटक बढाउन नयाँ पदमार्ग निर्माण गरिएको हो । यो मार्गबाट यहाँका पर्यटकलाई आकर्षित गर्न सकेमा रारा ताल र जिल्लाको प्रचार हुने र बर्सेनि हजारौँ पर्यटकले रारा तालको अवलोकन गर्ने उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढाले बताए ।  

छायाँनाथ रारा नगरपालिकाको तुम हुँदै लामाचौर जाने दूरी छोटो पर्छ ।  आकर्षक ठाउँ पनि छ, त्यसैले पर्यटक आकर्षित गर्न सहज हुनेछ । यो पदमार्गलाई थप प्रचार प्रसार गर्न र आवश्यकअनुसारको बजेट विनियोजन गरिने छायाँनाथ रारा नगरपालिका–३ का वडा अध्यक्ष नन्दबहादुर रावलले जानकारी दिए । 

नयाँ पदमार्ग निर्माणपछि लामाचौरका होटेल, पर्यटनको संख्यामा वृद्धि हुने र गाउँको आर्थिक समृद्धिका साथै रोजगारीमा समेत सघाउ पुग्ने नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले बताए । 

पर्यटन विकास, स्थानीयको आयआर्जनलाई पहिलो प्राथमिकतामा राखेर यो पर्यटन पदमार्गले पनि जोड दिने रारा राष्ट्रिय निकुञ्जका वार्डेन बद्रि विनोद दाहालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने