भदौ २२, पाल्पा । विदेश गएर फर्किएका र विदेशिन लागेका गल्धा गाविस–७ गेझा पाल्पाका चार युवाले सामूहिक रुपमा गोलभेँडा खेती सुरु गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, पाल्पा । विदेश गएर फर्किएका र विदेशिन लागेका गल्धा गाविस–७ गेझा पाल्पाका चार युवाले सामूहिक रुपमा गोलभेँडा खेती सुरु गर"/>
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

भाडामा सामूहिक गोलभेँडा खेती सुरु

२२ भाद्र २०७३, बुधबार ११:१४

भदौ २२, पाल्पा । विदेश गएर फर्किएका र विदेशिन लागेका गल्धा गाविस–७ गेझा पाल्पाका चार युवाले सामूहिक रुपमा गोलभेँडा खेती सुरु गरेका छन् । 

एघार रोपनी जग्गा वार्षिक रु ५० हजारमा भाडामा लिएरयुवाले रु २० लाखको लगानीमा आधुनिक प्रविधिबाट गोलभेँडा खेती सुरु गरेका हुन् । गोलभेँडा खेतीका लागि अहिले ३५ वटा प्लास्टिक टनेलभित्र बनाइएको छ । 

विदेशिएका अर्जुन थापा, शेरबहादुर सोती, पूर्णबहादुर पचभैया र विदेशिन लाग्नुभएका किसान सारुले सामूहिक रुपमा जग्गा भाडामा लिएर थालनी व्यवसाय जिल्लामै नमुनाका रुपमा अघिबढेको छ । 

यो व्यवसायका लागि पाल्पा जिल्ला कृषि विकास कार्यालयले रु दुई लाख ४० हजारका साथै १५ वटा प्लास्टिक टनेल अनुदानमा उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले बताउनुभयो । सो व्यवसायका लागि जापानी समाजसेवी काजुमासा काकीमी (ओकेबाजे) ले रु तीन लाख सहयोग गरेको व्यवसायी शेरबहादुर सोतीले जानकारी दिनुभयो । 

त्यस्तै किसान परियोजना नामक संस्थाले सिमेन्ट पोखरी निर्माणका लागि रु ४५ हजार २०० र दुई वटा प्लास्टिक टनेल उपलब्ध गराएको परियोजनाका कृषि बजार प्राविधिक अशोक गुरुङले बताउनुभयो । 

मासिक रुपमा एक बोटमा चार किलो गोलभेँडा उत्पादन गर्ने लक्ष्यका साथ यहाँका युवाले आधुनिक प्रविधिबाट सो व्यवसाय गरेका हुन् । “पाँच वर्षसम्म विदेश बसेर खाली हात स्वदेश फर्किए, विदेश जाँदाको लगानी मुस्किलले पाँच वर्षमा उठाएर स्वदेश फर्किए” अर्का व्यवसायी अर्जुन थापाले भन्नुभयो– “अहिले यस व्यवसायले विदेशको पीडा भुलाएको छ भने अर्कोतिर आम्दानी पनि राम्रो हुँदै गएको छ” 

“गाउँका साथीभाइ विदेशिएको देख्दा पासपोर्ट बनाएर जाने तयारी गरे, विदेशिएका साथीको पीडा सुन्दा हातमा पासपोर्ट बोकेर खाडीमा पसिना बगाउने होइन, यहीको पाखा पखेरामा कृषि व्यवसाय गरेर आर्थिक उपार्जन गर्ने सोच बनाए” किसान सारुले भन्नुभयो । जापानीज प्रविधिबाट सुरु गरिएको गोलभेँडा खेतीबारे इन्टरनेटबाट थाहा पाएपछि विभिन्न क्षेत्रबाट अवलोकनका लागि दिनहुँ आउने गरेको पूर्णबहादुर पचभैयाले बताउनुभयो । 

रामपुरको बजारलाई लक्षित गरी ती चार युवाले गोलभेँडा खेती सुरु गरेका हुन् । आउँदो माघसम्ममा ६४ वटा टनेल निर्माण गरी गोलभेँडाबाट वार्षिक रुपमा रु १० देखि १५ लाखसम्म आम्दानी लिने उनीहरुको सोच छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान