२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रमुख हमालले बजेट ल्याउँदा कुनै सल्लाह नगरेको भन्दै धनगढी सभामा कुर्सी हानाहान

२० असार २०७९, सोमबार १०:३०

असार २०, धनगढी | धनगढी उपमहानगरको आज सोमबार बसेको आठौं नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ । सो क्रममा उपप्रमुख कन्दकला रानाले आफ्नो सल्लाह विना नै बजेट पुस्तिका प्रकाशित गरिएको भन्दै विरोध गरेकी थिइन ।

उपमेयर रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनीधिले कुर्ची उठाएर फालेर उपप्रमुख रानाका समर्थन गरेका थिए । उता काँग्रेस पक्ष जनप्रतिनिधिले भने धनगढी प्रमुख गोपाल हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेको छ ।


प्रमुख हमालले उपमहानगरको बजेट ल्याउँदा कुनै सल्लाह नगरी पुस्तिका छपाएको भन्दै एमाले र माओवादीका जनप्रतिनिधिले बैठकमा नाराबाजीसहित विरोध गरेका हुन् । सो क्रममा उनीहरुले आफू बसेको कुर्सीले बिरोधी खेमातिर फालेका थिए ।

स्वतन्त्र उम्मेदवार बनेर विजय भएका हमाललाई भने काँग्रेस पक्ष जनप्रतिनिधिले ले समर्थन गर्दै बिरोधमा उत्रेका एमाले र माओवादी पक्षको प्रतिकार गरेको छ ।

१९ वटा वडा रहेको यो उपमहानगरपालिकामा उपप्रमुखसहित ६ वटा वडामा एमाले, काँग्रेसले ११ वटा वडामा र माओवादीले २ वटा वडामा जितेको छ ।

यसअघि उपमहानगरका हरेक बैठकको प्रत्यक्ष प्रसारण हुनेगरेकोमा सोमबारको बैठकमा विवाद भएपछि फेसवूकबाट गरिएको प्रत्यक्ष प्रसारण वन्द गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ