2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभामा ६ जनाको सामूहिक हत्या प्रकरण : ४ जनालाई आजीवन कैद फैसला

असार २१, संखुवासभा | जिल्ला अदालत संखुवासभाले ४ जनालाई आजीवन कैदको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका  ६ जनाको हत्यामा संलग्नलाई आजीवन कैद सजायको फैसला सुनाएको हो ।

 हत्यामा ५ जना संलग्न रहेको पुष्टि भएपनि चार जनालालाई​ आजीवन कारावासको सजाय सुनाएको  श्रेस्तेदार केदारप्रसाद गौतमले बताए । उनले एक जना नाबालक रहेकाले कम सजाय भएको बताए । २५ वर्षलाई आधार मानेर दुईतिहाइ कैद हुने फैसला भएको छ ।  आजीवन कारावासको सजाय सुनाइएकाहरुले बाँचुनजेलसम्म कारागारमा बसेर कैद सजाय कटाउनुपर्ने गौतमले बताए ।  ४ जनाले मृतक परिवारको राहत कोषमा २–२ लाख रूपैयाँ क्षतिपूर्ति रकमसमेत जम्मा गर्नुपर्ने फैसला अदालतले गरेको छ । नाबालकलाई भने यसमा छुट दिइएको छ ।  

नाबालकले भने १६ वर्ष ८ महिना मात्रै कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ  । उनीविरुद्ध  कर्तव्य ज्यानसँगै चोरी मुद्दा पनि चलाइएको थियो । हत्या गरेपछि मृतकको साथमा भएको मोबाइल उनले लिएर गएका थिए । त्यही अभियोगमा उनीविरुद्ध चोरी मुद्दा चलाइएको थियो । चोरी मुद्दामा पनि अदालतले उनलाई कसूरदार ठहर गर्दै १ वर्ष कैदको सजाय सुनाएको छ । तर बालक भएकाले चोरीमा पनि उनले दुईतिहाइ मात्रै कैद भुक्तान गर्नुपर्ने अदालतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई