भदौ २२, पर्बत । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाले शसस्त्र प्रहरी बल चण्डीका गणका प्रमुख एसपी थापालाई सम्मानित गरेको छ । गणका प्रमुख एसपी कृष्ण कुमार थापा क्षेत्री गुप्तेश्वर गुफामा निर्माणाधिन भौतिक संरचनाको निर्माणमा पुराएको सहयोगका कारण सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, पर्बत । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाले शसस्त्र प्रहरी बल चण्डीका गणका प्रमुख एसपी थापालाई सम्मानित गरेको छ । गणका प्रमुख एसपी कृष्ण कुमार थापा क्षेत्री गुप्तेश्वर गुफामा निर्माणाधिन भौतिक संरचनाको निर्माणमा पुराएको सहयोगका कारण सम"/>
2026-06-16 08:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एसपी थापा सम्मानित

२०७३ भाद्र २२, बुधवार

भदौ २२, पर्बत । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाले शसस्त्र प्रहरी बल चण्डीका गणका प्रमुख एसपी थापालाई सम्मानित गरेको छ । गणका प्रमुख एसपी कृष्ण कुमार थापा क्षेत्री गुप्तेश्वर गुफामा निर्माणाधिन भौतिक संरचनाको निर्माणमा पुराएको सहयोगका कारण सम्मानित भएका हुन् ।

गणकै हाताभित्र गुप्तेश्वर विकास संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठको नेतृत्वमा पुगेका गुफाका पदाधिकारीहरुले एसपी थापालाई सम्मान गरेको हो । संस्थाले सम्मानित थापालाई नागरिक अभिनन्दन पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो भने मायाको चिनो स्वरुप करुवा उपहार दिईएको थियो ।

सो कार्यक्रममा सम्मानित भईसकेपछि आप्mनो भनाई राख्दै एसपी थापाले भने(‘धार्मिक तथा पर्यटकीय महत्वको गुफालाई सहयोग गर्न पाउनु शसस्त्र प्रहरीकै लागि गौरवको कुरा हो । हामी जनताको सेवक भएकोले जनतासँग हातेमालो गर्न पाउदा हामीलाई खुशी लागेको छ ।’ उनले जस्तो सुकै परिस्थितिमा पनि जनताको सेवा गर्न शसस्त्र प्रहरी तयार रहेकोले विना संकोच सहयोग गर्न आग्रह समेत गुफाका      पदाधिकारीहरुलाई गरे ।

 सम्मानित भएका एसपी थापाले खुशी हुँदै भने-‘मेरो र शसस्त्र प्रहरी बलको उच्च मूल्यांकन गरी सम्मान गर्नु भएकोमा तपाईहरुप्रति उच्च सम्मान गर्न चाहन्छु ।’ उनले गुफाको विशिष्ट सदस्य समेत लिएका छन् ।

सोही वीच गुफाका पदाधिकारीहरुले कार्यक्रममा बोल्दै एसपी थापा र शसस्त्र प्रहरी गण परिवारको सहयोगका लागि धन्यवाद दिएका थिए । सोही गुफाका अध्यक्ष श्रेष्ठले सहयोग प्रदान गर्ने एसपी थापालाई धन्यवाद दिदै भने-‘ पहिरो खसेर गुफामा रहेको कच्ची भौतिक संरचना भत्किएको थियो । 

पक्की भवन निर्माण नगरी भएको थिएन तर गुफाको भौतिक संरचना निमांणको क्रममा आर्थिक अभाव थियो । यस्तो कठिन अवस्थामा शसस्त्र प्रहरीले श्रमदान गरेर ठुलो सहयोग पुराउदै आएको छ । शसस्त्र प्रहरीको सहयोग नभएको भए निर्माण कार्य तीव्ररुपले अगाडि बढ्ने थिएन ।’

गुप्तेश्वर गुफामा अहिले पक्की भवन निर्माणको कार्य अन्तिम चरण पुगेको छ । कुश्मा बजारदेखि करीव ५०० मी तल पर्ने गुफामा गाडी गुड्ने बाटो बनाउन नसक्दा निर्माण सामाग्रीहरु ढुंगा, गिटी, बालुवा लगायत मानिसले नै बोकेर लैजानुपर्छ । 

निर्माण सामाग्री गुफासम्म पुराउने र अन्य निर्माणको कार्यमा शसस्त्र प्रहरीले सहयोग गर्दै आएको छ । शसस्त्र प्रहरीले धार्मिक तथा पर्यटकीय महत्वको गुफाको भौतिक संरचना निर्माणमा सहयोग पुराए वापत उच्च सम्मान गर्दै एसएसपी थापालाई सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ । 

उक्त सम्मान कार्यक्रममा गुफाका वरिष्ठ सल्लाहकार लोकनाथ आचार्य, निर्माण समितिका कोषाध्यक्ष शिवप्रसाद सुवेदी, सचिव विष्णु नेवार, सदस्यहरु प्रनिश गिरी, चन्द्र बहादुर क्षेत्री लगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते