Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चुनावअघि कसैसँग पार्टी एकता हुँदैन : माधव नेपाल

By साझासवाल 2 मिनेट पढाइ

<p><b>असार २७, धनगढी | </b>नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन ।&nbsp;<br></p><p>नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले सो निर्वाचनअघि पार्टी एकता सम्भवः नभएको बताएका हुन ।</p><p>‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो सपना मात्रै हो,’ नेपालले भने, ‘निर्वाचनमा एकीकृत समाजवादी एक्लै होमिन्छ ।’ नेकपा एस पार्टी एकताभन्दा संगठन विस्तारमा लागि परेको उनको भनाई छ।&nbsp;&nbsp;</p>