Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भाउजुलाई खुकुरी हान्ने देवर पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २७, काठमाडौं | भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ परेका छन् । जग्गाको अशंबण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजुलाई खुकुरी प्रहार गरेका थिए ।

त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीया आफ्नै भाउजु दिलसरा बोहरा खड्कालाई आइतबार राति खुकुरी प्रहार गरेका थिए । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक बिष्णुप्रसाद सोतीले आइतबार राति जग्गा अंशबण्डाको विषयमा झगडा हुँदा देउकुमारले आफ्नै भाउजु दिलसरालाई खुकरी हानेका थिए ।

घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी सिम्रुतु र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पठाएर खड्कालाई नियन्त्रणमा लिएको हो ।

घाइते दिलसराको अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि सोमबार नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको छ ।