सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । मुक्त कमैयाहरुलाई राज्यले अझै पनि उचित बसोबासको व्यवस्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । मुक्त कमैयाहरुलाई राज्यले अझै पनि उचित बसोबासको व्यवस्था"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको नर्तीमा मुक्त कमैया समाजको जिल्ला भेला सम्पन्न

२०७३, २३ भाद्र बिहीबार ०२:४५


सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । मुक्त कमैयाहरुलाई राज्यले अझै पनि उचित बसोबासको व्यवस्था मिलाउन नसक्दा कमैयाहरुको दैनिकी जीवन दुखमय बिताई रहेको एक कार्यक्रममा बोल्ने मुक्त कमैयाहरुले गुनासो गरेका छन् । 

मुक्त कमैया समाज जिल्ला कार्य समिति दाङको बुधबार लमही नगरपालिका—१ नर्तीमा भएको जिल्ला भेलामा बोल्ने मुक्त कमैयाहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरुले अझै पनि कतिपय ठाउँमा बस्दै आएका कमैयाहरुलाई राज्यले न्याय दिलाउनुको साटो दमन र उठी बास लगाउन खोजेको आरोप समेत लगाएका छन् । साथै उनीहरुले अव पनि मुक्त कमैयाहरुको उचित बसोबास, आधार पत्र र लालपुर्जा उपलब्ध नगराए आन्दोलनमा समेत उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन् । यसका लागि अव सम्पुर्ण युवा मुक्त कमैयाहरु जागरुक हुनु पर्ने समेत बताएका छन् ।

समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षता एवम् समाजका केन्द्रिय सदस्य तथा सल्लाहकार टेकबहादुर रावतको प्रमुख आतिथ्यतामा भएको भेलामा मुक्त कमैया समाजका क्षेत्रीय अध्यक्ष प्रेमप्रसाद चौधरी, जिल्ला भुमि अधिकार मञ्च संघर्ष समितिका सदस्य टिकाराम चौधरी, समाजका जिल्ला सदस्यहरु मनबुझाउन चौधरी, दुखराम सार्की, सञ्चारकर्मी ओमप्रकाश गुप्ता, कमैयाहरु कनैहालाल चौधरी, टुनटुनराम चौधरी, सिता चौधरी र भगतराम चौधरी लगायतका वक्ताहरुले बोल्नु भएको थियो । भेलाले मुक्त कमैया युवा समाजको डाटा संकलन गर्ने, असोजको दोस्रो साता युवा समाजको जिल्ला भेला सिसहनियाँ—९ बगरापुरमा राख्ने र असोज १३ गते सरोकारवालाहरु सँग घोराहीमा अन्र्तक्रिया कार्यक्रम राख्ने निर्णय समेत गरेको छ । समाजका जिल्ला सदस्य नाजमा चौधरीको स्वागत मन्तव्य तथा कोषाध्यक्ष सुनरुपी चौधरीको विषयवस्तु प्रवेशबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव गुलामअलि शाहीले गर्नु भएको थियो ।    

सरकारले २०५७ साल साउन २ गते मुक्त घोषणा गरेको १६ वर्ष पुरा भई सक्दा पनि अहिले सम्म जिल्लामा १७ जना कमैयाहरुको जग्गा पहिचान हुन सकेको छैन । हाल सम्म जिल्लामा १ हजार ४ सय २६ जनाले परिचय पत्र प्राप्त गरे पनि छुट कमैयाको सख्या ५ हजार ४६ जना रहेको बताइएको छ । भने जिल्लामा हाल सम्म ६५ जनाले आधार पत्र र ६ सय ८८ जनाले मात्र जग्गाको लालपुर्जा प्राप्त गरेका छन् ।  २०६३ पौष २० गते १० बुदे सम्झौता समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने