भदौ २३, पर्वत  । नेपाल रेडक्रस दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापतिले  रेडक्रस सवैको सुखदुःखको साथी भएको बताएका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, पर्वत  । नेपाल रेडक्रस दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापतिले  रेडक्रस सवैको सुखदुःखको साथी भएको बताएका छन् ।
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रेडक्रस सवैको सुखदुःखको साथी : सभापति रिमाल

२३ भाद्र २०७३, बिहीबार ०७:२४

भदौ २३, पर्वत  । नेपाल रेडक्रस दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापतिले  रेडक्रस सवैको सुखदुःखको साथी भएको बताएका छन् ।

रेडक्रसकै एक शाखाले गरेको अन्तरमावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि रहेका सभापति रुद्रबहादुर रिमालले यस्तो भनाई राखेका हुन् । सो कार्यक्रममा बोल्दै सभापति रिमालले रेडक्रस सवै जनताको सुखदुःखको साथी भएको र समाजमा घट्ने हरेक प्राकृतिक र मानवीय घटनाहरुमा  रेडक्रसले सधै सहयोगी भई लागिरहने बताए । 

हाजिरी जवाफ प्रतियोगिता नेपाल रेडक्रस सोसाईटी ज्ञादी, पिपलटारी उपशाखाको आयोजना र जुनियर रेडक्रस सर्कल जनक मावि, थुमको व्यवस्थापनमा भएको थियो । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका पूर्व सदस्य शान्त पौडेल, पूर्णेश्वर उमावि स्रोत केन्द्रका श्रोत व्यक्ति रामप्रसाद लामिछाने, जनक माविका प्राचार्य दिवाकर शर्मा तिवारी लगायतले आफ्नो मन्तव्य राखेका थिए । जिल्लाका ११ वटा सामुदायिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका थिए । 

उक्त प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने विद्यालयहरुमा क्रमशः शिवालय उमावि कुश्मा, जनसहयोगी मावि शंकरपोखरी, जनसहयोगी मावि शंकरपोखरी र जनक मावि पिपलटारी रहेका    छन् । 

विजयी विद्यालयका विद्यार्थीहरुलाई सभापति रिमालले प्रमाणपत्र तथा नगद प्रदान गरेका थिए । सो कार्यक्रमको सभापतित्व रेडक्रस सोसाईटी ज्ञादी, पिपलटारी उपशाखाका सभापति भीमराज सापकोटाले    गरेका थिए भने कार्यक्रमको संचालन सोही शाखाका सचिव आनन्द पौडेलबाट भएको थियो भने र उपसभापति चिरन्जीवी सुवेदीले स्वागत मन्तव्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड