भदौ २३, दाङ । यहाँ विभिन्न श्रममा लागेका २१ जना बालबालिकालाई उद्धार गरिएको छ । 


बजारका होटल, ग्रिल उद्योग, घर निर्माण, मासुमार्केट र गिट्टी कुट्ने काममा लागेका १४ वर्ष मुनिका बालबालिकालाई उद्धार गरी पुनःस्थापना गरिएको न्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, दाङ । यहाँ विभिन्न श्रममा लागेका २१ जना बालबालिकालाई उद्धार गरिएको छ । 


बजारका होटल, ग्रिल उद्योग, घर निर्माण, मासुमार्केट र गिट्टी कुट्ने काममा लागेका १४ वर्ष मुनिका बालबालिकालाई उद्धार गरी पुनःस्थापना गरिएको न्य"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा एक्काइस जना श्रमिक बालबालिकाको उद्धार

२३ भाद्र २०७३, बिहीबार ०८:०२

भदौ २३, दाङ । यहाँ विभिन्न श्रममा लागेका २१ जना बालबालिकालाई उद्धार गरिएको छ । 


बजारका होटल, ग्रिल उद्योग, घर निर्माण, मासुमार्केट र गिट्टी कुट्ने काममा लागेका १४ वर्ष मुनिका बालबालिकालाई उद्धार गरी पुनःस्थापना गरिएको न्युसिपिसी दाङका अध्यक्ष नवराज लामिछानेले जानकारी दिनुभएको छ । 


बाल श्रम तथा बाल संरक्षण कार्यक्रमअन्तर्गत तुलसीपुर नगरपालिका र न्युसिपिसीको संयुक्त साझेदारीमा उनीहरुलाई उद्धार गरी परिवारमा पुनःस्थापना गरिएको हो । 


आज एक कार्यक्रमको आयोजना गरी उद्धार गरिएका बालबालिकालाई विद्यालय पठाउन किताब, कापी, कलम, झोला, स्कुल पोसाक उपलब्ध गराउनुका साथै प्रतिपरिवार रु आठ हजारका दरले आर्थिक रकम पनि प्रदान गरिएको छ । उक्त रकम बालबालिकाका अभिभावकले आयआर्जनमुखी काममा लगाउने बताएको छ । 


प्राप्त गरेको पैसाले खुद्रा पसल, चार्ट पसल, बङ्गुरपालन, बाख्रापालनलगायतका आयआर्जनमुखी काममा खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेको नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बताउनुभयो । 


यसवर्ष विभिन्नखाले श्रममा काम गरिरहेका ३५ जना बालबालिकालाई परिवारमा पुनःस्थापना गर्ने लक्ष्य लिएको न्युसिपिसले पहिलो चरणमा बिहीबार २१ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की