भदौ २३, जनकपुर । महोत्तरीमा घुस लिँदालिँदै एक गाविस अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महोत्तरीको टोलीले जलेश्वर महेन्द्र चोकबाट बथनाहा गाविसका सचिव गुलाव चौधरीलाई १० हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
गाविसबाट अवलोकन भ्रमणकालागि स्थानीयसँग घुस लिँदै गर्दा सचिव पक्राउ परेका हुन् ।
महिला दलित तथा वालवालिकाको भ्रमणको लागि गाविसबाट छुट्याईको एकलाख रुपयाको पछ्यौट गर्न उनले पैसा मागिरहेको वेला पक्राउ गरिएको प्रउ लम्सालले बताए । उनले पेश्की फर्यौटका लागि सचिवले १० हजार घुस लिँदै गर्दा महेन्द्रचोकको किराना पसलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महोतरीका कार्यवाहक एसपी राजकुमार लम्सालले जानकारी दिए ।
उजुरीकर्ता महिलाले गाविस सचिवले २० हजार मागेकोमा १० हजारमा सहमति भएको र त्यही उजुरीको आधारमा अख्तियारले प्लानिंगका साथ उनलाई पक्राउ गरेको हो । यता सचिव चौधरीले ति महिला आफ्नी भान्जी नाता पर्ने भएकी र उनले के कति कारणले आफुलाई फसाउन खोजेको हो आफुलाई थाहा नभएको बताएका छन ।