पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन १६, चितवन | </b>अविरल बर्षका कारण आइतवार राती झरेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ ।<br></p><p>सो सडक खण्ड अन्तर्गतको भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित आइतवार राती खसेको पहिरो पन्छाए पछि सडक दुइतर्फी सञ्चालनमा आएको हो । </p><p>तयारी अवस्थामा रहेका दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइए पछि सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । </p>

