2026-08-30 10:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्पताल जाने सडक नहुँदा बिरामीलाई सास्ती

साउन १८, सुर्खेत | अस्पताल जाने सडक नहुँदा डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा समस्य हुँदै आएको छ ।  सडकको पहुँच नभएपछि भेरी नदीको पारी पट्टी नै एम्वुलेनस रोकेर स्टेचरमा विरामी राखेर बिरामी लिनुपर्ने बाध्यता रहेको छ । पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स नजाने भएकाले बिरामीलाई घुमाउरो बाटोबाट आधा घन्टा समय खर्चनु पर्ने बाध्यता छ । 

अहिले प्रयोग भइरहेको बाटो घुमाउरो र साँघुरो भएकै कारण अस्पताल नपुग्दै बिरामीको ज्यान जाने गरेको छ। सदरमुकामस्थित लामालोटे या कालिका मन्दिर आसपासबाट बेलिब्रिज बनाएर बिरामी बोकेको एम्बुलेन्स सीधै अस्पतालसम्म पुर्‍याउन सकिने भए पनि पुल निर्माणका लागि अहिलेसम्म कसैले पनि चासो नदेखाएको अस्पताल र स्थानीयको गुनासो छ।

बजारको झोलुंगे पुलसम्म मात्र मोटरबाटो भएकाले त्यहाँसम्म मात्र एम्बुलेन्सले बिरामी ल्ययाउँछ। त्यसपछि बिरामी बीचबाटोमै अलपत्र पर्ने गरेका छन् । कहिलेकाहीँ बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पतालसम्म लैजान मान्छे नपाउँदा बिरामीले बाटोमै ज्यानसमेत गुमाउने गरेको स्थानीयवासीहरू बताउँछन् । 

दुनैका ठूला व्यापारीको व्यक्तिगत स्वार्थका कारण केही वर्षअघि बन्न लागेको झोलुंगेपुल पनि स्थगित भएको सदरमुकामका आरोप लाग्दै आएको छ । अस्पतालसम्म सीधा पुल जोडिए वारिपट्टिको बजार सुक्छ भन्ने व्यापारीको स्वार्थका कारण निर्माणकाे तयारी भएको पुलपछि रोकिएको हो ।

पुल नभएकै कारण अस्पताल पुर्‍याउन ढिला हुँदा दुई साताअघि एक बालकले बीचबाटोमै ज्यान गुमाउनुपरेको जिल्ला अस्पतालका डा. अखण्ड उपाध्यायले बताए ।

‘गाडी छुटेदेखि अस्पतालसम्म पुग्ने बाटो घुमाउरो र जोखिमपूर्ण छ। ती बालकलाई समयमै अस्पताल ल्याउन सकेको भए ज्यान जोगिन सक्थ्यो,’ डा‍. उपाध्यायले भने, ‘कतिपय गर्भवती महिला बीचबाटोमै सुत्केरी हुने गरेका छन्। पुलका लागि धेरै ठाउँमा गुहारियो, तर कसैले पनि कुरा सुनेनन् । ’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने