१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि…

१९ श्रावण २०७९, बिहीबार ०५:१३

साउन १९, सुर्खेत | कर्णाली प्रदेश लोकसेवा आयोगले गत साउन ७ गते लिएको (अहेव पदको) चौथो तहको परीक्षामा एक जना परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको भेटिएको छ । 

त्यसो गर्नेमा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का नवीन कुमार रेउले रहेका छन् । मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि प्रदेश लोकसेवाले उनलाई दुई वर्षसम्मका लागि अयोग्य ठहर गरेको छ ।  

आयोगले जारी गरेको सूचना अनुसार उनको मास्टर आइडी १४०५७ र  रोल नम्बर ४४६६ रहेको छ । रेउलेले बस्तुगत र विषयगत दुवै उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको प्रदेश लोकसेवा आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए । 

उनका अनुसार रेउलेलाई प्रदेश लोकसेवा आयोग ऐन, ०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिम कसुर गरेको देखिएको र लोकसेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, ०७८९ को दफा ३६ को उपदफा (२) को खण्ड (ख) बमोजिम लिखित परीक्षा रद्द गरिएको छ ।  

उक्त ऐन अनुसार आयोगबाट आगामी २ वर्षसम्म हुने पदपूर्ति सम्बन्धी सबै विज्ञापनमा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार