१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कृत ८ बर्षीया बालिकाको उपचारमा आर्थिक अभाव, पीडकबाट धम्की

१९ श्रावण २०७९, बिहीबार ०७:१०

साउन १९, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका– ८ की ८ वर्षीया बालिका १५ असारमा बलत्कृत भइन् । स्थानीय दाजु पर्ने १५ वर्षका किशोरले उनलाई जंगलमा लगेर जबरजस्ती करणी गरेका हुन् । पीडक किशोर अझै फरार छन् । 

बेहोस अवस्थामा बालिकाकी आमाले फेला पारेकी उनलाई एक हप्ता जिल्ला अस्पतालमा राखियो । त्यसपछि २० दिन घरमै बसेकी उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि ११ साउनमा पुनः अस्पतालमा ल्याइयो । यसपटक भने उनलाई चार दिन अस्पताल भर्ना गरिए पनि उपचार हुन सकेको छैन । अहिले बालिका हिँड्न नसक्ने भएकाले बोकेर लग्नुपर्छ ।

पीडित बालिकाकी आमाले भनिन्, ‘छोरीको थप उपचारका लागि धनगढी लग्नुपर्ने हो । हामीसँग एक रुपैयाँ छैन । कतैबाट सहयोग हुन्छ की भन्दै नगरपालिकामा पनि गयौँ । केही सहयोग पाइएको छैन । सहयोग पाउने आश छ । प्रहरीमा उजुरी गरेका थियौँ । अहिलेसम्म पक्राउ गरिएको छैन् । झन पीडक व्यक्तिको परिवार र गाउँलेबाट उल्टै धम्की आइरहेको छ ।’

पीडित बालिकाका बुवा अपांग छन् । उनी जन्मजात आँखा देख्दैनन् । कसैलाई देखेमा ठम्याउन सके पनि आँखाको उपचार हुन सकेको छैन । तीन सन्तानकी आमा रहेकी पीडित बालिकाकी आमाले मजदुरी गर्दै हुर्काएकी छोरी नै बलत्कृत भएपछि अहिले उक्त परिवारमा ठूलो आर्थिक समस्या परेको छ । 

यसरी भयो घटना

बालिकाकी आमा खेतमा मकै गोड्न गएकी थिइन् । आमालाई घर बोलाउन गएकी बालिका चिउरी खान गइन् । त्यसै बेला कतैबाट आएका किशोरले उनलाई तानेर झाडीमा लगेर करणी गरे । 

पाँच वर्षीय गाउँले बालकले छोरीलाई फलानोले पिटिरहेको भन्दै खबर गरेपछि २ घण्टापछि घटनास्थलमा पुगेकी आमाले छोरीलाई बेहोस अवस्थामा भेटिन् । हाडनाता करणी भएकी बालिकाकी आमाले प्रहरीमा खबर गरेका कारण पीडकको परिवारबाट बेला बेलामा धम्की आइरहेको पीडित बालिकाकी आमा बताउँछिन् । 

उनले भनिन्, ‘हामी गाउँ घरमै कुरा मिलाउथ्यौँ । किन प्रहरीमा रिपोर्ट गरेको भन्दै धम्की आउँछ । अब तिम्रो हाम्रो परिवारको रिसइबी सुरु भइसक्यो भन्छन् । म गरिब मान्छे के गरु ? । ’ पीडक किशोर अझै फेला नपरेकाले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण