2026-09-12 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कृत ८ बर्षीया बालिकाको उपचारमा आर्थिक अभाव, पीडकबाट धम्की

साउन १९, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका– ८ की ८ वर्षीया बालिका १५ असारमा बलत्कृत भइन् । स्थानीय दाजु पर्ने १५ वर्षका किशोरले उनलाई जंगलमा लगेर जबरजस्ती करणी गरेका हुन् । पीडक किशोर अझै फरार छन् । 

बेहोस अवस्थामा बालिकाकी आमाले फेला पारेकी उनलाई एक हप्ता जिल्ला अस्पतालमा राखियो । त्यसपछि २० दिन घरमै बसेकी उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि ११ साउनमा पुनः अस्पतालमा ल्याइयो । यसपटक भने उनलाई चार दिन अस्पताल भर्ना गरिए पनि उपचार हुन सकेको छैन । अहिले बालिका हिँड्न नसक्ने भएकाले बोकेर लग्नुपर्छ ।

पीडित बालिकाकी आमाले भनिन्, ‘छोरीको थप उपचारका लागि धनगढी लग्नुपर्ने हो । हामीसँग एक रुपैयाँ छैन । कतैबाट सहयोग हुन्छ की भन्दै नगरपालिकामा पनि गयौँ । केही सहयोग पाइएको छैन । सहयोग पाउने आश छ । प्रहरीमा उजुरी गरेका थियौँ । अहिलेसम्म पक्राउ गरिएको छैन् । झन पीडक व्यक्तिको परिवार र गाउँलेबाट उल्टै धम्की आइरहेको छ ।’

पीडित बालिकाका बुवा अपांग छन् । उनी जन्मजात आँखा देख्दैनन् । कसैलाई देखेमा ठम्याउन सके पनि आँखाको उपचार हुन सकेको छैन । तीन सन्तानकी आमा रहेकी पीडित बालिकाकी आमाले मजदुरी गर्दै हुर्काएकी छोरी नै बलत्कृत भएपछि अहिले उक्त परिवारमा ठूलो आर्थिक समस्या परेको छ । 

यसरी भयो घटना

बालिकाकी आमा खेतमा मकै गोड्न गएकी थिइन् । आमालाई घर बोलाउन गएकी बालिका चिउरी खान गइन् । त्यसै बेला कतैबाट आएका किशोरले उनलाई तानेर झाडीमा लगेर करणी गरे । 

पाँच वर्षीय गाउँले बालकले छोरीलाई फलानोले पिटिरहेको भन्दै खबर गरेपछि २ घण्टापछि घटनास्थलमा पुगेकी आमाले छोरीलाई बेहोस अवस्थामा भेटिन् । हाडनाता करणी भएकी बालिकाकी आमाले प्रहरीमा खबर गरेका कारण पीडकको परिवारबाट बेला बेलामा धम्की आइरहेको पीडित बालिकाकी आमा बताउँछिन् । 

उनले भनिन्, ‘हामी गाउँ घरमै कुरा मिलाउथ्यौँ । किन प्रहरीमा रिपोर्ट गरेको भन्दै धम्की आउँछ । अब तिम्रो हाम्रो परिवारको रिसइबी सुरु भइसक्यो भन्छन् । म गरिब मान्छे के गरु ? । ’ पीडक किशोर अझै फेला नपरेकाले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस