महेन्द्र केसी/ भदौ २४, पर्वत ।  नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइएको छ ।  कोइरालाको १०२ औं जन्मजयन्तीका अबसरमा पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी/ भदौ २४, पर्वत ।  नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइएको छ ।  कोइरालाको १०२ औं जन्मजयन्तीका अबसरमा पर"/>
२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

काँग्रेसले भुल्यो विपीकोइरालाका सिद्धान्त: वक्ता

२४ भाद्र २०७३, शुक्रबार ११:१४

महेन्द्र केसी/ भदौ २४, पर्वत ।  नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइएको छ ।  कोइरालाको १०२ औं जन्मजयन्तीका अबसरमा पर्वतमा पनि अन्तरक्रियाको कार्यक्रम गरी मनाइएको छ । प्रजातान्त्रिक विचार समाजको आयोजनामा विपी जयन्तीको अबसरपारी संघीयता र स्थानीय निकायको पुर्नसंरचनाका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले विपीको सिद्धान्त र आदर्शलाई काँग्रेसले भुलिसकेको बताए ।

 वक्ताहरुले विपीको राष्ट्रबाद , लोकतन्त्र र समाजबादको सिद्धान्तलाई भुलेको बक्ताहरुको दुखेसो थियो । १३ औ महाधिवेशन पछि पार्टी भित्र भएको गुटबन्दीको अन्त्य हुने भनिएता पनि पार्टीभित्र गुट र उपगुट देखिएको भन्दै पार्टीले विपीको विचारलाई लिलाम गरेको समेत आरोप लगाए । पार्टीले विपीको विचारलाई केवल एक दिनको औपचारिक कार्यक्रममा सम्झने र कार्यक्रम स्थलबाट बाहिर निश्किएपछि भुल्ने गरेको बक्ताको दुखेसो थियो । नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले पार्टीले विपीको सिद्धान्तलाई आत्मासाथ गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले विपीको सिद्धान्तलाई आधार बनाएर पार्टी अगाडी बढेमा पार्टी धेरै माथि पुग्ने उनको तर्क थियो । शिर्ष नेताहरु विच बेमेलका कारण विपीको सिद्धान्त ओझेलमा परेको भन्दै उनले अब तल्लो तहबाटै पार्टीलाई विपीको सिद्धान्तबाट विचल्लीत हुन नदिनको लागि दबाब दिनुपर्ने समय आएको बताए ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष सुवास पन्तको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टी सचिव विश्वप्रकाश प्रसाई, गंगाधर तिवारी, गैसस महासंघका अध्यक्ष गणेशबहादुर क्षेत्री, देविप्रसाद विलासी, ओमप्रसाद घायल लगाएतले बोलेका थिए । विसं १९७१ भदौ २४ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट जन्मेका कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व का रुपमा परिचित छन् । जहानिया राणा शासनविरुद्धको विसं २००७ को क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बिपी २०१५ सालमा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन । राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिबद्ध बिपीले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन जीवनभर राजनीतिक सङ्घर्ष गरेका थिए । यसका लागि पटकपटक जेल र निर्वासनमा बस्नुपरेको थियो ।  


    राष्ट्रियता नै खतरामा परेको विश्लेषण गर्दै बिपी यसअघिको निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परित्याग गरी देशभित्र मृत्युदण्डको माग गर्ने तत्कालीन पञ्चहरूको जोखिम स्वीकार गर्दै उनी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नारा लिई नेपाल फर्किए। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका पक्षमा जीवन समर्पित गरेका बीपी नेपालको राजनीतिमा समर्थन र विरोधको केन्द्रमा रहे। साथै उनी अन्तर्रा्ष्ट्रिय स्तरमा पनि परिचित लोकप्रिय नेपाली राजनेता थिए ।  स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित हुनुहुन्थ्यो । कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, यहूदी र हिटलर, सुम्निमा, मोदी आइन्, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते उहाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता