भदौ २४, काठमाण्डौं | सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी आसन्न भारत भ्रमणलाई राजनीतिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २४, काठमाण्डौं | सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी आसन्न भारत भ्रमणलाई राजनीतिक "/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

मधेशका १ लाख युवालाई रोजगारी दिन राजेन्द्र महतोले प्रधानमन्त्रीलाई दिए यस्तो सुझाव….

२४ भाद्र २०७३, शुक्रबार १४:२३

भदौ २४, काठमाण्डौं | सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी आसन्न भारत भ्रमणलाई राजनीतिक भेटघाटमा मात्र सिमित नराख्न सुझाव दिएका छन्। 

सिंहदरबारमा आज दिउसो भएको भेटघाटमा दुबै नेताबीच संविधान संशोधन र प्रधानमन्त्रीको भारत भ्रमणमा कुराकानी  केन्द्रित रहेको थियो। सदभावना अध्यक्ष महतोले यस भारत भ्रमणलाई राजनीतिक भेटघाट भन्दा पनि नेपालमा निवेश बढाउने र युवाहरुको लागि रोजगारको अवसरलाई बढ़ावा दिनमा केन्द्रित राख्ने सुझाव दिनुका छन्। यस भेटघाटबारे जानकारी दिँदै महतोले भने 'मधेशको १ लाख युवालाई रोजगारीको अवसर जुटाई दिने एजेण्डालाई भ्रमणको एजेण्डा बनाई दिन मैले सुझाव दिएको हूँ'।  भारत सरकारको अति महत्वाकांक्षी योजना स्किल डेवलपमेंट प्रोग्रामसंग नेपाललाई खास गरि मधेशको युवालाई जोड्ने सुझाव दिएको महतोले जानकारी गराए । 

नेपालमा रोजगारीको अवसर नभएको हुनाले प्रत्येक वर्ष लाखौ युवाहरु खाड़ी लगायत अन्य मुलुकमा गई काम गर्न बाध्य भएको कुरा स्मरण गराउँदै सदभावना अध्यक्ष महतोले नेपालका युवाहरुलाई प्रत्येक क्षेत्रमा दक्ष बनाई देशमा स्वरोजगारी बढाउन र विदेश जांदा पनि दक्ष कामदारको रुपमा गए अनेक दुःख र कष्टबाट जोगिन सक्ने सुझाव दिएका छन। महतोले स्किल डेभेलपमेंट योजनालाई द्विपक्षीय वार्ताको एजेण्डा बनाउन मांग गर्दै भारत सरकारसंग तकनिकी सहयोगको समझौतामा दुबै देश बीच हस्ताक्षर हुने माहौल बनाई दिन मांग गरेका छन्।  उनले भारत सरकारको आर्थिक सहयोगमा संचालित परियोजनालाई पूरा गर्नुको साथै यो फ़रक खाले समझौतामा नेपाल सरकारको तर्फबाट प्राथमिकताका साथ राख्ने माँग गर्नु भयो । 

१ लाख युवालाई दक्ष बनाउनको लागि ३ अर्ब ५० करोड़ रुपैया लाग्ने र त्यसको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको बेला दिएको १ मिलियन डलरबाट उपयोग गर्नु पर्ने सुझाव समेत आफूले प्रधानमन्त्री प्रचण्डलाई दिएको कुरा महतोले बताउनु भएको थियो।  उनले ७० प्रतिशत राजश्व आउने र राष्ट्रको ६० प्रतिशत जीडीपीको योगदान पनि तराई मधेशबाट हुने भएकोले सरकारले मधेशको युवाको स्वरोजगारीको लागि रकम खर्च गर्दा समेत सरकारी ढुकुटीमा २ अरब रुपैया वार्षिक थप्ने दाबी गर्नु भएको सदभावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले जानकारी गराउनु भयो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली