नरी बडु । भदौ २४, बैतडी | जिल्ल"/>
नरी बडु । भदौ २४, बैतडी | जिल्ल"/>
नरी बडु । भदौ २४, बैतडी | जिल्लाको दशरथचन्द नगरपालिका स्थित सेरा प्रहरी चौकिबाट खटिएको गस्ति टोलीले लुकाई–छिपाई भारत लैजान लागेको अवस्थामा पाँच बोरा अवैध सुगन्धवाल जडिबुटी बरामद गरेको छ । दनपा १२ को ढुङ्गड खोलाबाट उक्त परिमाणको जडिबुटी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अवैध रुपमा जडीबुटी भारत निकासि गरीरहेको अवस्थामा भारतको पिथौरागढ रिठेगडा घर बताउने उद्धव टमटा, बैतडीको दशरथचन्द नगरपालिका ६ का डम्मरराम कोली र दनपा ६ कै चरनराम कोलीलाई समेत प्रहरीले पक्राउ गरी जिल्ला वन कार्यालय बैतडीको जिम्मा लगाएको छ । उक्त पाँच बोरा सुगन्धवाल जडीबुटीको तौल ९५ किलोग्रम रह्ेको प्रहरीले बताएको छ । तस्करहरुबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपि बालनरसिह राणाले बताए । कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
पाँच बोरा सुगन्धवाल जडिबुटी बरामद
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार