2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

अविरल वर्षासँगै आएकाे बाढीले भक्तपुरमा धेरै क्षति

साउन २५, भक्तपुर | अविरल वर्षासँगै आएकाे बाढीले भक्तपुर जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । मनाेहरा खोलाको डुवान र कटानका कारण घरटहरामा पानी पस्दा सुकुम्बासी बस्तीमा धेरै क्षति पुगेको हो ।


ती स्थानमा नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।घटनाका कारण मानवीय क्षति भने हुन नपाएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

वर्षाका कारण चाँगुनारायण नगरपालिका-४ मनाेहरा खोला निलोपुल नजिक सुनसरी घर भई हाल सोही स्थानमा बसी बंगुर फर्म सञ्चालन गर्ने हरि राईको बंगुर फर्मबाट खोलाले चारवटा बंगुर बगाएको छ । चांगुनाररायण नगरपालिका- १ दुवाकोट बेसी मनाेहरा खोला किनारका २० वटा घरटहरामा पानी पसेपछि मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

मध्यपुर ठिमी नगरपालिका- २ मनाेहरा खोला किनार दिब्यश्वरी प्लानिङस्थित सोही स्थान बस्ने अम्मर लामाको बंगुर फर्ममा पानी पसी डुबान भएकोमा फर्ममा रहेका पाँंच सयवटा हाँस, दुई सयवटा बंगुर र दुईवटा गाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ मनाेहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घरटहरामा पानी पसेको छ । मध्यपुर ठिमी नगरपालिका- २ सानोठिमी मनाेहरा खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका-७ घर भई हाल सानोठिमी दिब्यश्वरी प्लानिङस्थित टहरामा बसोबास गर्दै आएका वर्ष ७० को पेमा तामाङको टहराभित्र रहेको २६ बोरा चामलमा पानीले क्षति भएको र गिरिराज कुखुराको चल्ला ४५ वटा बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक