साउन २७, उदयपुर | जिल्ला प्रहरी कार्यालय उदयपुरले दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेमा चेक गर्ने क्रममा आगुऔषधसहित दुई जना युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।
चेकिङमा खटिएको ईलाका प्रहरी कार्यालय जलजलेको टोलीले त्रियुगा नगरपालिका–६ का २७ वर्षीय संगीत तामाङ र २५ वर्षीय आमोद महताेलाई आगुऔषधसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट डाईजेपाम ५१ एम्पुल ,फेनारागण ५१ एम्पुल बुप्रिनोर्फीन ५१ एम्पुल गरी जम्मा १५३ एम्पुल लागुऔषध र ७ थान सिरिन्जसहित दुवै जनालाई नियन्त्रणमा लिई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालेको छ ।