नन्दराम जैशी, भदौ २६, जुम्ला  । जुम्ला बजारमा विक्रि हुने समानको मूल्यमा एकरुपता नहुँदा उपभोक्तालाई समस्या भएको छ । जुम्ला बजारमा रहेका पसलहरुले मनपरि तरिकाले सामानको मूल्य लिने गर्दा समस्या भएको उपभोक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी, भदौ २६, जुम्ला  । जुम्ला बजारमा विक्रि हुने समानको मूल्यमा एकरुपता नहुँदा उपभोक्तालाई समस्या भएको छ । जुम्ला बजारमा रहेका पसलहरुले मनपरि तरिकाले सामानको मूल्य लिने गर्दा समस्या भएको उपभोक"/>
२८ मंसिर २०८२, शनिबार
जुम्ला - JML

सामानको मूल्यमा एकरुपता नहुँदा उपभोक्तालाई समस्या

२६ भाद्र २०७३, आईतवार ११:४५

नन्दराम जैशी, भदौ २६, जुम्ला  । जुम्ला बजारमा विक्रि हुने समानको मूल्यमा एकरुपता नहुँदा उपभोक्तालाई समस्या भएको छ । जुम्ला बजारमा रहेका पसलहरुले मनपरि तरिकाले सामानको मूल्य लिने गर्दा समस्या भएको उपभोक्ताले  गुनासो गरेका छन् । पसल पिच्छे सामानको मूल्य फरक भएको उद्योग वाणिज्य संघ जुम्लाका कार्यालय प्रमुख पारस उपाध्यायले बताउनु भयो ।           

जुम्ला बजारमा रहेका पसलहरुले विना मूल्यसुचि सामानहरु विक्रि वितरण गर्ने गरेकाले उपाध्यायले बताउनु भयो । जुम्ला बजारमा सञ्चालित अधिकांस होटल, पसल तथा मेडिकलहरुले मूल्यसुची लुकाएर सामान बेच्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाद्धारा पटक–पटक भएको बजार अनुगमनमा मूल्यसुची नराखी मनपरी ढंगबाट व्यापारीहरूले सामान बेच्ने गरेको फेला परेको हो ।

अनुगमनका क्रममा मूल्यसुचि बिना सामान विक्रि वितरण नगर्न निर्देशन भएपनि व्यापारिहरुले विना मूल्य सूचि सामानहरु विक्रि वितरण गरेको पाइएको छ । उद्योग वाणिज्य संघले सामान बिक्री वितरणको मूल्यसूची बनाएर हरेक पसल र होटलमा उपलब्ध गराएको भए पनि व्यापारीले प्रयोग नगरेको उद्योग वाणिज्य संघ जुम्लाले जनाएको छ । उपभोक्तालाई अनिवार्य सामान लिएको बिल दिन र प्यान नम्बर राख्न व्यापारिलाई ताकेता गेर पनि कार्यान्वयन हुन नसकेको कार्यालय प्रमुख उपाध्यायले बताउनु भयो ।

यता निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेले व्यापारिलाई सहि मूल्यमा सामान बेच्न आग्रह गरिएको बताउनु भयो । बिना मूल्यसुचि सामान विक्रि वितरण गर्न नपाइने बताउँदै उहाँले बजार अनुगमन गरि मूल्यसुचि अनिवार्य राख्न लगाइने बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह