2026-09-12 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निहारिका प्रकरणः आरोपित शिवराज श्रेष्ठ पक्राउ

भदौ १, काठमाडौँ | निहारिका राजपुतका बलात्कार आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । 

निहारिका राजपुतका बलात्कार आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । 

उपत्यका अपराध महाशाखा र धनुषा प्रहरीको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको हो ।

उनीमाथि नाबालिग हुँदा निहारिकामाथि बलात्कार गरी बच्चा जन्मिएको आरोप छ । निहारिकाले आफ्नो बच्चा र बलात्कार आरोपित श्रेष्ठको डिएनए गर्नुपर्ने माग गर्दै माइतीघर मण्डलदेखि वसन्तपुरसम्म धर्ना दिँदै आएकी छन् । उनले पछिल्लो समय राष्ट्रपति कार्यालयबाहिर आत्मदाह प्रयाससमेत गरेकी थिइन् ।

राजपुतले राष्ट्रपति कार्यालयबाहिर आत्मदाह प्रयास गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले घटना’ चासो राखेकी थिइन् । उनले कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग घटनाजानकारी माग्दै कारबाही प्रक्रिया’ जिज्ञासा राखेकी थिइन् ।

‘शिवराज श्रेष्ठलाई उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय धनुषा टोलीले नियन्त्रणमा लिएको हो, थप विवरण मागेका छौं,’ केन्द्रीय प्रहरी प्रवक्ता राईले भने । धनुषाकी राजपुतले ‘आफूमाथि श्रेष्ठले बलात्कार गरेको र बलात्कारबाट बच्चा जन्मिएको’ आरोप लगाउँदै आएकी छन् । उनले आरोपी श्रेष्ठलाई कारबाही माग गर्दै ‘बच्चाको डीएनए परीक्षण’ माग गर्दै आएकी छन् ।

आफूमाथि श्रेष्ठले ‘बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको’ निहारिकाको आरोप छ । घटना अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउनेगरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस