भदौ २६, पर्वत । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको जिल्ला भेलाले गणेश लामिछानेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला आयोजक समिति सर्वसम्मत चयन गरेको छ भने कुश्मा नगर सम्मेलनले भिमप्रसाद चापागाईको अध्यक्षतामा १३ सदस्यीय नगर समिति समेत सर्वसम्मत निर्वाचित गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २६, पर्वत । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको जिल्ला भेलाले गणेश लामिछानेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला आयोजक समिति सर्वसम्मत चयन गरेको छ भने कुश्मा नगर सम्मेलनले भिमप्रसाद चापागाईको अध्यक्षतामा १३ सदस्यीय नगर समिति समेत सर्वसम्मत निर्वाचित गर"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

व्यापार संगठनको संयोजकमा लामिछाने

२६ भाद्र २०७३, आईतवार १२:२०

भदौ २६, पर्वत । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको जिल्ला भेलाले गणेश लामिछानेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला आयोजक समिति सर्वसम्मत चयन गरेको छ भने कुश्मा नगर सम्मेलनले भिमप्रसाद चापागाईको अध्यक्षतामा १३ सदस्यीय नगर समिति समेत सर्वसम्मत निर्वाचित गरेको छ । 

शनिवार सदरमुकाम कुश्मामा ‘स्वाधिन अर्थतन्त्र निर्माणका लागि औद्योगीकिकरण तथा विविधिकरण’ भन्ने मुल      नाराका साथ भेला तथा सम्मेलन सम्पन्न भएको थियो । लामिछानेको अध्यक्षतामा बनेको नेपाल उद्योग ब्यपार संगठन जिल्ला समितिको उपाध्यक्षमा हेम शर्मा, भिमप्रसाद चापागाई, सचिवमा खड्क प्रसाद खनाल र कोषाध्यक्षमा गंगा तिमिल्सीना सहित सदस्यहरु सर्वसम्मत निर्वाचित भएका हुन् । चपागाईको अध्यक्षतामा बनेको नेपाल उद्योग ब्यपार संगठन कुश्मा नगरपालिकाको उपाध्यक्षमा मिनकुमारी विक (कमला), उपाध्यक्षमा रामकृष्ण सार्की, सचिवमा दिपक अधिकारी, सहसचिवमा रुद्र भुसाल, कोषाध्यक्षमा नलप्रसाद सुवेदी सर्वसम्मत निर्वाचित भएका हुन् । त्यसैगरी सदस्यहरुमा राम अधिकारी, विरेन्द्र पौडेल, ज्ञानेन्द्र चापागाँई, दामोदर चापागाई, पदम बहादुर विक, दुर्गा सुवेदी र दधिराम कुँवर निर्वाचित भएका हुन् । त्यसैगरी उक्त कमिटिको सल्लाहकारहबरुमा इन्द्र प्रसाद श्रेष्ठ, तिला गिरी, देविप्रसाद अधिकारी, भिमबहादुर नेपाली, कृष्ण प्रसाद रेग्मी, जगदीश शर्मा पौडेल र मुरारी संगम शर्मा रहेका छन् ।

उक्त भेला तथा नगर सम्मेलनका प्रमुख अतिथि नेपाल उद्योग ब्यापार संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश न. ४ संयोजक गोपी अधिकारीले वोल्दै अब हरेक ब्यवसायीहरु राष्ट्रिय अर्थतन्त्रको विकासका लागि हरपल लागिरहनु पर्ने बताए । उनले स्वाधिन अर्थतन्त्र निर्माणमा सबैले आत्मनिर्भरतालाई केन्द्रमा राखेर उद्योग तथा ब्यवसाय संचालन    गरेमा नेपालीले विदेशीको मुख ताक्न नपर्नेमा जोड दिए । मुलुकको राष्ट्रिय पुँजीको विकासका लागि नेपाल उद्योग ब्यापार संगठनले आम रुपमा मुद्धा उठाएको भन्दै सबै स्वतन्त्र ब्यवसायीहरु पनि यस संगठनमा आवद्ध हुन सक्ने भनाइ राखे ।

त्यसैगरी भेलामा माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्णप्रसाद पराजुली, केन्द्रिय सदस्य      ढाकाराम गौतम, केन्द्रिय सदस्य सुदिप कुँवर, केन्द्रिय सदस्य शंकर गिरी, केन्द्रिय सदस्य राम पराजुली, बुद्धिजिवी संगठनका जिल्ला अध्यक्ष जगदीश शर्मा लगायतले वोल्दै मुलुकको राजनैतिक परिवर्तनमा माओवादी केन्द्रको अह्म भुमिका भएको भन्दै अब स्वाधिन अर्थ तन्त्रका लागि ब्यवसायीहरुसँग सहकार्य गरी मुलुकको राष्ट्रिय अर्थतन्त्रको विकासमा र समृद्धिमा माओवादीकै नयाँ पहल कदमी हुने उनीहरुको धारणा थियो । जिल्लामा पनि विभिन्न क्षेत्रमा उक्त ब्यापार संगठनको विस्तार हुने भेलाले जनाएको छ । गणेश लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त भेला तथा नगर सम्मेलनको स्वागत भिम नेपालीले र संचालन खड्कप्रसाद खनालले गरेका थिए । सो भेलामा जिल्लामा विभिन्न ब्यापार तथा ब्यवसाय गर्ने उद्योगी ब्यवसायीहरुको ठुलो सहभागिता     रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड