भदौ २६, पर्वत । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको जिल्ला भेलाले गणेश लामिछानेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला आयोजक समिति सर्वसम्मत चयन गरेको छ भने कुश्मा नगर सम्मेलनले भिमप्रसाद चापागाईको अध्यक्षतामा १३ सदस्यीय नगर समिति समेत सर्वसम्मत निर्वाचित गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २६, पर्वत । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको जिल्ला भेलाले गणेश लामिछानेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला आयोजक समिति सर्वसम्मत चयन गरेको छ भने कुश्मा नगर सम्मेलनले भिमप्रसाद चापागाईको अध्यक्षतामा १३ सदस्यीय नगर समिति समेत सर्वसम्मत निर्वाचित गर"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

व्यापार संगठनको संयोजकमा लामिछाने

२०७३, २६ भाद्र आईतवार १२:२०

भदौ २६, पर्वत । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको जिल्ला भेलाले गणेश लामिछानेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला आयोजक समिति सर्वसम्मत चयन गरेको छ भने कुश्मा नगर सम्मेलनले भिमप्रसाद चापागाईको अध्यक्षतामा १३ सदस्यीय नगर समिति समेत सर्वसम्मत निर्वाचित गरेको छ । 

शनिवार सदरमुकाम कुश्मामा ‘स्वाधिन अर्थतन्त्र निर्माणका लागि औद्योगीकिकरण तथा विविधिकरण’ भन्ने मुल      नाराका साथ भेला तथा सम्मेलन सम्पन्न भएको थियो । लामिछानेको अध्यक्षतामा बनेको नेपाल उद्योग ब्यपार संगठन जिल्ला समितिको उपाध्यक्षमा हेम शर्मा, भिमप्रसाद चापागाई, सचिवमा खड्क प्रसाद खनाल र कोषाध्यक्षमा गंगा तिमिल्सीना सहित सदस्यहरु सर्वसम्मत निर्वाचित भएका हुन् । चपागाईको अध्यक्षतामा बनेको नेपाल उद्योग ब्यपार संगठन कुश्मा नगरपालिकाको उपाध्यक्षमा मिनकुमारी विक (कमला), उपाध्यक्षमा रामकृष्ण सार्की, सचिवमा दिपक अधिकारी, सहसचिवमा रुद्र भुसाल, कोषाध्यक्षमा नलप्रसाद सुवेदी सर्वसम्मत निर्वाचित भएका हुन् । त्यसैगरी सदस्यहरुमा राम अधिकारी, विरेन्द्र पौडेल, ज्ञानेन्द्र चापागाँई, दामोदर चापागाई, पदम बहादुर विक, दुर्गा सुवेदी र दधिराम कुँवर निर्वाचित भएका हुन् । त्यसैगरी उक्त कमिटिको सल्लाहकारहबरुमा इन्द्र प्रसाद श्रेष्ठ, तिला गिरी, देविप्रसाद अधिकारी, भिमबहादुर नेपाली, कृष्ण प्रसाद रेग्मी, जगदीश शर्मा पौडेल र मुरारी संगम शर्मा रहेका छन् ।

उक्त भेला तथा नगर सम्मेलनका प्रमुख अतिथि नेपाल उद्योग ब्यापार संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश न. ४ संयोजक गोपी अधिकारीले वोल्दै अब हरेक ब्यवसायीहरु राष्ट्रिय अर्थतन्त्रको विकासका लागि हरपल लागिरहनु पर्ने बताए । उनले स्वाधिन अर्थतन्त्र निर्माणमा सबैले आत्मनिर्भरतालाई केन्द्रमा राखेर उद्योग तथा ब्यवसाय संचालन    गरेमा नेपालीले विदेशीको मुख ताक्न नपर्नेमा जोड दिए । मुलुकको राष्ट्रिय पुँजीको विकासका लागि नेपाल उद्योग ब्यापार संगठनले आम रुपमा मुद्धा उठाएको भन्दै सबै स्वतन्त्र ब्यवसायीहरु पनि यस संगठनमा आवद्ध हुन सक्ने भनाइ राखे ।

त्यसैगरी भेलामा माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्णप्रसाद पराजुली, केन्द्रिय सदस्य      ढाकाराम गौतम, केन्द्रिय सदस्य सुदिप कुँवर, केन्द्रिय सदस्य शंकर गिरी, केन्द्रिय सदस्य राम पराजुली, बुद्धिजिवी संगठनका जिल्ला अध्यक्ष जगदीश शर्मा लगायतले वोल्दै मुलुकको राजनैतिक परिवर्तनमा माओवादी केन्द्रको अह्म भुमिका भएको भन्दै अब स्वाधिन अर्थ तन्त्रका लागि ब्यवसायीहरुसँग सहकार्य गरी मुलुकको राष्ट्रिय अर्थतन्त्रको विकासमा र समृद्धिमा माओवादीकै नयाँ पहल कदमी हुने उनीहरुको धारणा थियो । जिल्लामा पनि विभिन्न क्षेत्रमा उक्त ब्यापार संगठनको विस्तार हुने भेलाले जनाएको छ । गणेश लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त भेला तथा नगर सम्मेलनको स्वागत भिम नेपालीले र संचालन खड्कप्रसाद खनालले गरेका थिए । सो भेलामा जिल्लामा विभिन्न ब्यापार तथा ब्यवसाय गर्ने उद्योगी ब्यवसायीहरुको ठुलो सहभागिता     रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी