राम नारायण पंडित/भदौ २६, सिरहा । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ जनसभालाई सम्वोधन गर्न भोली (सोमवार) सिरहाको मिर्चैया आउने भएको छ । 

संबिधानको मस्यौदामाथि छलफल गर्न गत वर्ष यहाँ आएको वेला ढु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/भदौ २६, सिरहा । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ जनसभालाई सम्वोधन गर्न भोली (सोमवार) सिरहाको मिर्चैया आउने भएको छ । 

संबिधानको मस्यौदामाथि छलफल गर्न गत वर्ष यहाँ आएको वेला ढु"/>

७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री प्रचण्ड सिरहा आउँदै, प्रचण्डको सुरक्षामा चार सय प्रहरी तैनाथ

२६ भाद्र २०७३, आईतवार १२:४३

राम नारायण पंडित/भदौ २६, सिरहा । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ जनसभालाई सम्वोधन गर्न भोली (सोमवार) सिरहाको मिर्चैया आउने भएको छ । 

संबिधानको मस्यौदामाथि छलफल गर्न गत वर्ष यहाँ आएको वेला ढुङ्गामुडा वेहोर्नु परेको दहाल भारत जानु अघि मधेसको अवस्था बुझ्न आउन लागेको जानकारहरु बताउनुहुन्छ । 

सरकार गठनमा मधेसी दलहरुको पनि समर्थन रहेपनि दहाल मधेसी जनताको अवस्था बुझ्न यहाँ आउन लागेको जानकारहरुको विश्लेष्ण रहेको छ । भारत जानुअघि मधेसको जनमत पनि बुझ्ने चाहाना अनुसार नै वर्षामासमा यो कार्यक्रमको आयोजना गरेको बताईएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारत जानुभन्दा पहिला आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गरेर जाने चाहाना सहित दहाल सिरहा आउन लाग्नु भएको जनसभा आयोजकले जानकारी दिएपनि मधेसको सेन्टिमेन्ट बुझ्न आउन लागेको जानकारहरु बताउँछन् । अहिले यसरी जनसभा गर्नुको कुनै तुकै नरहेको जानकारहरु बताउँछन् । 

प्रचण्डको सुरक्षामा चार सय प्रहरी तैनाथ 

माओवादी केन्द्रका अध्यक्ष तथा प्रभानमन्त्रि पुष्पकमल दहाल सिरहा आउने भएपछि यहाँका सुरक्षा ब्यबस्था तैनाथ गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी श्याम ज्ञावालीले दिएको जानकारी अनुसार प्रचण्डको सुरक्षाको लागि काठमांडौको बिषेश प्रहरी टोली, क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरका प्रहरीलाई खटाइएको छ । 

त्यस्तै जिल्लामा प्रत्येक चौकहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।  प्रचण्डको सुरक्षाको लागि चार सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको एसपी ज्ञवालीले बताए । ज्ञातब्य, यसअधि संबिधानको मस्यौदा माथि छलफल गर्न आएका प्रचण्डलाई स्थानियहरुले ढुंगामुढासंगै बिरोध गरेका थिए । 


यसअघि बिरोध गरेका मिर्चैयावासी दहालको भव्य स्वागत गर्ने तयारीमा 

संबिधानको मस्यौदा सुझाव संकलनका क्रममा बिरोधका साथै ढुङ्गामुडा गरेकाका नेकपा माओवादीका केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाललाई यहाँका जनताले भव्य स्वागतको तयारी गरेको छ । 

मिर्चैया वरपरका सरकारी तथा गैरसरकारी संघसंस्था तथा विद्यालायहरुले ठाउँ ठाउँमा स्वागतद्वार बनाएका छन् । प्रधानमन्त्री दहालले सम्वोधन गर्नुहुने जनसभाको तयारी तिव्र रुपमा भईरहेको आयोजक समितिका जगत यादवले बताउनु भएको छ । 

उहाँका अनुसार जिल्लाका सवै क्षेत्रबाट व्यापक मात्रामा जनमास उतार्न सम्पूर्ण पार्टी कमिटि लागेको छ । कार्यक्रममा प्रदेश नं. २ का सवै जिल्लाबाट सहभागीहरु उपस्थित हुने बताएको छ । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या