2026-10-20 05:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

सम्बन्धविच्छेदको मुद्दामा नयाँ ‘रेकर्ड‘

भदौ ५, काठमाडौं | चालू आर्थिक वर्षको सुरुवाती महिनामै ताप्लेजुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दाले ‘रेकर्ड’ कायम गरेको छ।  

चालू आर्थिक वर्ष २०७९।०८० को पहिलो सुरुवाती महिना साउनभरीमा नयाँ लगतमा दर्ता भएका मुद्दामध्ये करिब ५४ प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन्। जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार चालू आवको साउन महिनामा ४५ थान मुद्दा दर्ता भएका छन्। ती मध्ये २४ थान मुद्दा सम्बन्धबिच्छेदको रहेको अदालतले जनाएको छ।  

अघिल्लो आवबाट चालू आवमा १ सय १० थान मुद्दा जिम्मेवारी सरि आएका छन्। अघिल्लो आवबाट सरकारवादी ९ थान मुद्दा जिम्मेवारी सरी आएकोमा ४ थान जबरजस्ती करणी सम्बन्धी रहेका थिए। चालू आवको साउन महिना भित्रमा ८ थान सरकारीवादी मुद्दा दर्ता हुन आएकोमा ४ थान जबरजस्ती करणी सम्बन्धी रहेको अदालतले जानकारी दिएको छ।सम्बन्ध बिच्छेदलाई पारिवारिक बिग्रहको रुपमा लिने गरिन्छ। सम्वन्धबिच्छेद श्रीमान–श्रीमती बीचको वैवाहिक नाता सम्बन्धबाट दायित्वरहित तबरले अलग हुने कानुनी आधार हो। यसलाई प्राचीन  समयमा पारपाचुके वा छोडपत्र भनिन्थ्यो। अहिले परिस्कृत रुपमा सम्बन्धविच्छेद भन्ने गरिन्छ। अंग्रेजीको ‘डिभोर्स’ भन्ने शब्द अहिले नेपाली पनि यहि शब्द बढी प्रचलनमा रहेको पाईन्छ।  

मुलुकी देवानी संहिता २०७४ को दफा ९४ मा पतिले र दफा ९५ मा पत्नीले सम्बन्धविच्छेद गर्न सक्ने कानुनी प्रावधान उल्लेख गरिएको छ। कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा र पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा सम्बन्धविच्छेद गर्न सक्ने कानुनी प्रावधान रहेको छ। यस्तै कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा र पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा सम्बन्धविच्छेद गर्न पाउँछिन्। 

यस्तै पतिले अर्को विवाह गरेमा,पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पनि सम्बन्धविच्छेदको प्रकृया बढ्ने कानुनी आधार सृजना हुन्छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ