नन्दराम जैशी । भदौ २७, जुम्ला । जयारत्न बोर्डिङ्ग स्कुल जुम्लामा अध्ययनरत विद्यार्थीले अब क्यानडाका विभिन्न शैक्षिक संस्थामा गएर पढ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी । भदौ २७, जुम्ला । जयारत्न बोर्डिङ्ग स्कुल जुम्लामा अध्ययनरत विद्यार्थीले अब क्यानडाका विभिन्न शैक्षिक संस्थामा गएर पढ्"/>
2026-08-29 07:57 AM
जुम्ला - JML

अब जुम्लाका विद्यार्थीले क्यानडामा र क्यानडाका विद्यार्थीले जुम्लामा पढ्न पाउने

नन्दराम जैशी । भदौ २७, जुम्ला । जयारत्न बोर्डिङ्ग स्कुल जुम्लामा अध्ययनरत विद्यार्थीले अब क्यानडाका विभिन्न शैक्षिक संस्थामा गएर पढ्न पाउने भएका छन् । अंग्रेजी वर्ष सन् २०१७ फागुनबाट प्रत्येक वर्ष १० जना क्यानेडियन विद्यार्थी जुम्ला आउने र जुम्लाका १० जना कर्णाली बोडिङ्गमा अध्ययनरत विद्यार्थीलाई क्यानडामा पठाउने सम्झौता भएको बोडिङ्गका व्यवस्थापक तथा नेपाल किताब खानाका शाखा अधिकृत जीवन बहादुर भण्डारीले बताए । क्यानडा र जुम्लाका विद्यार्थी बिचको शिक्षालाई आदान प्रदान गर्नको लागि सम्झौता गरिएको उहाले जानकारी दिए ।  

फागुन महिना देखि २ जना क्यानडियन भोलेन्डीएर जुम्लामा आई जनता उच्च मावि र कर्णाली बोर्डिङ्क स्कुल जुम्लाको शैक्षिक कार्यमा संग्लन हुने बताइएको छ । हाल चलिरहेको विद्यालयमा भएका गतिविधिहरुलाई अबलोकन गराउन क्यानडियन नागरिकलाई आफुले पहल गरेको भण्डारीले जानकारी गराए । यस्तै  जयारत्न बोर्डिङ्ग स्कुलमा शैक्षिक अबलोकनमा आएका क्यानडियन नागरिकहरुलाई आइतबार एक औपचारिक कार्यक्रमका बिच बिदाई गरिएको छ ।    

भाद्र १६ गते क्यानडाबाट जुम्ला आईपुगेका क्यानडियन शिक्षक जोनक्यान र लुकासलाई बिदाई गरिएको हो । बिदाई कार्यक्रममा बोल्दै क्यानडियन शिक्षक महासंघका केन्द्रिय सदस्य जोेनक्यानले विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि अभिभावक शिक्षामा जोड दिनु पर्ने बताए । बालबालिकाको शिक्षा पाउने नैर्सगिक अधिकारको प्रयोगका लागि सबै अभिभावकले आफ्नो उत्तरदायित्व निभाउनु पर्ने उहाँको भनाइ छ । 

त्यस्तै कार्यक्रममा बोल्दै क्यानडियन शिक्षक लुकासले आजको आबश्यकता शैक्षिक गुणस्तरको विषयमा अभिभावकलाई अभिमुखिकरण दिनु पर्ने बताए । विदाई कार्यक्रमको अबसरमा विद्यालयले  विभिन्न अतिरिक्त प्रतियोगिता गरेको थियो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको प्रधानाध्यापक जीवन गुरागाँईले जानकारी दिए ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो