२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

बनेपामा बस फुटाउन खोज्दा ‘विप्लव’ कार्यकर्ता कुटिए, ८ जना पक्राउ

२०७९, ७ भाद्र मंगलवार ०७:२९

भदौ ७, बनेपा | काभ्रेको बनेपामा सडक बन्द गराउन हिँडेका एकजना युवकलाई स्थानीयले कुटपिट गरेका छन् । बनेपा नगरपालिका स्थित चार दोबाटो चोकमा बसको सिसा फुटाउन खोज्ने कालिकोट घर भएका २४ वर्षीय पल राउतलाई स्थानीयले कुटपिट गरेका हुन् ।


नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । बन्द गराउन चारदोबाटोमा भेला भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिँदै थियो । प्रहरीको घेरा तोडेर अघि बढेका पल राउतले बा ३ ख २२६ नम्बरको बस तोडफोड गर्न थालेपछि बसका स्टाफ र स्थानिय मिलेर उनलाई आक्रमण गरेका हुन् ।

बनेपाबाट सवारी साधन बन्द गराउन खोज्ने राउत सहित ८ जनालाई पक्राउ गरिएको जिप्रका काभ्रेका प्रवक्ता (डिएसपी) ढुण्डीराज न्यौपानेले बताए ।  पक्राउ पर्नेमा कालिकोट घर भएका १९ वर्षीय मनिष विक उर्फ प्रशान्त, कालिकोटको नरहरिनाथ गाउँपालिका घर भएका १९ वर्षीया वसन्ती बिक र कालिकोटको राजकोटा गापा–९ घर भएका २७ वर्षीय जयराज लोर लगायत छन् ।

यसअघि  धुलिखेल नगरपालिका–९ स्थित रानाछापमा बन्दकर्ताले कुकर बम राखेका थिए । विपी राजमार्ग स्थित रानाछापमा बिहान ४ बजे फेला परेको बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको डिएसपी न्यौपानेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै