2026-10-24 09:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

‘फ्लोरिडा बन्दुकधारीको मस्तिष्क टुटेको थियो’

भदौ ७, न्युयोर्क | एजेन्सी | फ्लोरिडा विद्यालयका बन्दुकधारीका वकिलहरुले बन्दुकधारीलाई मृत्युदण्ड बचाउनुपर्ने राय राखेका छन् । कठिन बाल्यकालका कारण उनको दिमाग स्थायी रुपमा विग्रिएको तर्क गर्दै उनलाई मृत्युदण्डबाट जोगाउनुपर्ने बताएका हुन् । २३ वर्षीय निकोलस क्रुजले सन् २०१८ को १४ फेब्रुवरीमा फ्लोरिडाको पार्कल्याण्डको मार्जोरी स्टोनम्यान डगलस हाई स्कुलमा १७ जनाको हत्या गरेकोमा दोषी स्वीकार गरेका थिए ।

उनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय सुनाइने भन्ने बारेमा सुनुवाइले निर्धारण गर्नेछ । यो गोलीकान्ड अमेरिकामा निर्णायक फैसलामा पुग्ने सबैभन्दा घातक सामूहिक गोलीकाण्ड हो । 

सोमबार क्रुजका मुख्य वकिल मिलिसा म्याक नेलले आमाको कोखमा हुँदा क्रुजलाई लागूऔषध र मदिरामा एक्सपोज गरिएको र यो नरसंहारको कारक भएको बताइन् ।

आक्रमणकारीलाई क्षतिग्रस्त व्यक्ति भन्दै उनले भनिन्, ‘उसको मस्तिष्क अपरिवर्तनीय रूपमा टुटेको थियो । ’ उनले अगाडि थपिन, ‘अपराधका पछाडिका मानिसलाई हामीले चिन्नु आवश्यक छ’, सात पुरुष, पाँच महिला र १० वैकल्पिक न्यायाधीशहरूको निर्णायक मण्डलअगाडि म्याक नेलले भनिन् । आमाले ड्रग्सको दुरुपयोग गरेकी क्रुजकी सौतेनी बहिनी डेनियल वुडर्डले जानकारी दिइन् ।

कार चोरीको मुद्दामा सुनुवाई कुरिरहेकी वुडर्डले आफ्नी आमालाई ‘भयंकर’ बताएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने