2026-09-19 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अन्तरिक्ष टेलिस्कोपद्वारा बृहस्पतिको अभूतपूर्व दृश्य सार्वजनिक

भदौ ७, काठमाडौँ | विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली अन्तरिक्ष सम्बन्धी टेलिस्कोपले बृहस्पति ग्रहको अभूतपूर्व तस्बिर सार्वजनिक गरेको छ।

जेम्स वेब टेलिस्कोप (जेडब्ल्यूएसटी)ले जुलाई महिनामा सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रहको तस्बिरहरू खिचेको हो। 

James Webb: Space telescope reveals 'incredible' Jupiter views – Nepal Press

ती तस्बिरहरूमा ग्रहको दुवै ध्रुवका उच्च भागमाथिका आकाशमा सूर्यका कारण देखिने रङ्गिन प्रकाश अर्थात् अरोराहरू, विशाल आँधीहरू, चन्द्रमाहरू र बृहस्पति वरपरको घेरो विस्तृत रूपमा देखिन्छ। जसलाई खगोल शास्त्रीहरूले “अद्भुत” बताएका छन्। 

रङ्गिन

ती इन्फारेड तस्बिरहरूमा ग्रहका विशेषता झल्काउने गरी क्रितिम ढङ्गले रङ्ग भरिएको हो। 

मानव आँखाले इन्फ्रारेड प्रकाश नदेख्ने भएकाले त्यसो गरिएको हो। 

“बृहस्पतिलाई हामीले यस्तो कहिल्यै देखेका थिएनौँ। यो सबै निकै अद्भुत छ,” ग्रहहरूका विशेषताबारे अध्ययन गर्ने खगोलशास्त्री इम्के डे पाटेरले भनिन्।

युनिभर्सिटी अफ क्यालिफोर्नियाकी यी वैज्ञानिकले यस कामका लागि मुख्य भूमिका निर्वाह गरेकी थिइन्। उनले थपिन्, “साँच्चिकै भन्नुपर्दा यो त्यति गज्जब होला भन्ने हामीले ठानेका थिएनौँ।”

जेडब्ल्यूएसटी १० अर्ब अमेरिकी डलर खर्चेर अमेरिकी अन्तरिक्ष संस्था नासाको नेतृत्व विकास गरिएको अन्तर्राष्ट्रिय सहकार्यको काम हो। 

जसमा युरोपेली अन्तरिक्ष निकाय र क्यानेडेली अन्तरिक्ष निकाय समेत साझेदारका रूपमा छन्। 

जेम्स वेबको कमाल

नासाका अनुसार खुला आँखाले सहजै हेर्न सकिने बृहस्पतिको यो दृश्यलाई उक्त टेलिस्कोपबाट खिचिएका कैयौँ तस्बिरहरू जोडेर तयार पारिएको हो। 

यसैबीच सेतो रङ्गमा देखिने ‘द ग्रेट रेड स्पट’ भनिने प्रख्यात आँधी यति विशाल छ कि त्यसले पृथ्वीलाई निल्न सक्छ। निकै धेरै सूर्यको प्रकाश प्रतिबिम्बित भएकाले यो सेतो रङ्गमा देखिएको हो। 

जेडब्ल्यूएसटी सन् २०२१ को डिसेम्बरमा सार्वजनिक गरिएको हो। 

NASA's James Webb telescope shows 'unprecedented' Jupiter views | Space  News | Al Jazeera

यो अहिले पृथ्वीबाट १६ लाख किलोमिटर पर रहेको छ। 

यसले बिग ब्याङको केही क्षणपछि – १३ अर्ब वर्षअघि – पृथ्वीतर्फ यात्रा गर्न थालेको प्रकाशलाई पहिचान गर्न सक्छ। 

चर्चित हबल टेलिस्कोपको उत्तराधिकारीको रूपमा हेरिएको जेडब्ल्यूएसटी कम्तीमा आउँदो २० वर्षको अन्वेषणका लागि अहम् हुने ठानिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई