१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फोहोरलाई ऊर्जामा परिवर्तन गर्न प्राविधि जडान गरिँदै

७ भाद्र २०७९, मंगलवार ११:१६

भदौ ७, सुर्खेत | फोहोरबाट विद्युत् निकाल्ने लागि कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्राविधि जडान गर्न लागेको छ ।  जनसंख्याको चापसँगै बढ्दो सहरीकरणले दैनिक फोहोर बढीरहेको भन्दै मन्त्रालयले माननीय क्रियाकलापबाट उत्पादन हुने फोहोरबाट विद्युत् उत्पादन गर्नका लागि प्राविधि जडान गर्न लागेको बताएको छ ।  


आर्थिक वर्ष २०७९–८० मा बजेट बिनियोजन गरि फोहोरबाट ऊर्जा निकाल्नका लागि काम सुरु गर्न लागिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । देशका अन्य ठाउँमा समेत यो प्राविधिबाट ऊर्जा निकाल्ने काम सुरु भएको भन्दै अत्यन्तै ऊर्जा कम उत्पादन भएको कर्णालीमा छिटोभन्दा छिटो सबैलाई उज्यालो पुर्‍याउनका लागि फोहोरबाट ऊर्जा निकाल्ने प्राविधि जडान गरि काम सुरु गर्न लागिएको मन्त्री सिंहको भनाइ छ । 

आवश्यक बजेट बिनियोजन गरि मन्त्रालयले बजेट खर्चिन लागेको छ । पहिलो चरणको यो कार्य सफल भएमा फोहोरबाट विद्युत् निकाल्नका लागि अन्य ठाउँमा समेत विस्तार गर्न लागिएको योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिए । अहिले सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको चौरजहारी, जुम्ला खलंगा, जाजरकोटको कुदु, दल्ली, कालीमटी, सल्यानका केही भागमा बसोबास बाक्लो रहेको छ । 

जनसंख्य बाग्लो रहेको ठाउँमा फोहोरसमेत बढी उत्पादन हुने भएकाले सोही फोहोरबाट विद्युत् उत्पादनको काम युद्ध स्तरमा हुन सके फोहोर व्यवस्थापनका साथै ऊर्जा उत्पादनबाट लाभ लिन सकिने मन्त्रालयका सचिव देवराज निरौलाले जानकारी दिए ।

कर्णालीमा यो पहिलो अभ्यासका रुपमा लिइएको छ ।  त्यस्तै पीपीपी मोडलमा सौर्य प्राविधि जडान कार्य समेत गर्न लागिएको छ । विद्युतको बढ्दो माग र १३२ केभी प्रशारण लाइन निर्माण कार्य पूरा नभएकाले विभिन्न वैकल्पिक रुपमा विद्युत् उत्पादन गरी जनतालाई उज्यालो उपलब्ध गराउने अभियानलाई तिव्रता दिइएको मन्त्रालयको भनाइ छ । वातावरण प्रदूषित हुनबाट जोगिनका लागि समेत सघाउन पुग्ने अपेक्षा लिइएको मन्त्री सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार