भदौ २७, पर्बत । हालै पर्वतमा सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक शेखर खनालले कानूनको नजरमा सवै समान भएको भन्दै कोहि तलमाथि नहुने बताएका छन् ।
उनले कानूनको परिधिमा रहेर आफुले काम गर्ने र कानून विपरीत काम गर्नेलाई कुनै पनि हालतमा नछाड्ने समेत दाबीगरे ।
आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । प्रनाउ शेखर खनालले जिल्लाको शान्ति सुरक्षाको विषयमा आफुले कसैसँग सम्झौता नगर्ने समेत बताए । खनालले प्रहरीलाई शासकको रुपमा नभई सेवकको रुपमा हेर्ने बाताबरण बनाउन आफु सदैव लागि पर्ने उल्लेख गरे । नियम विपरित काम गर्ने कसैलाई पनि नछोड्ने उनले बताए ।