भदौ २७, पर्बत । कानून विपरित स्वास्थ्य सेवाको नाममा कमाउ धन्दा गर्दै आएका पर्वतका मेडिकल पसललेहरुलाई नेपाल सरकारको स्वास्थ्य मन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, पर्बत । कानून विपरित स्वास्थ्य सेवाको नाममा कमाउ धन्दा गर्दै आएका पर्वतका मेडिकल पसललेहरुलाई नेपाल सरकारको स्वास्थ्य मन"/>
2026-09-19 08:13 PM
पर्बत - PBT

कानून विपरितका मेडिकल पसलेलाईस्वास्थ्य मन्त्रालयले कारवाही गर्ने

भदौ २७, पर्बत । कानून विपरित स्वास्थ्य सेवाको नाममा कमाउ धन्दा गर्दै आएका पर्वतका मेडिकल पसललेहरुलाई नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले कारवाही गर्ने भएको छ । 

हेल्लो सरकार मार्फत् सर्वसाधारणले नै मेडिकल पसलेका विरुद्ध उजुरी गरेका हुन् । आइतवार दर्ता भएको उजुरीपछि स्वास्थ्य मन्त्रालयले कारवाही अगाडि बढाएको छ । नेपाल सरकारको स्थानीय प्रतिनिधित्व मानिने र जनतालाई कानूनी शासन दिलाउने जिल्ला प्रशासन कार्यालयले जनताको गुनासो सुनेन । 

कानून विपरित स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल पसलेहरुलाई प्रशासन कार्यालयले कुनै कारवाही चलाउन सकेको छैन । व्यापक जनगुनासो पछि कारवाहीको नाममा मेडिकल पसलहरुको सामान्य अनुगमन भयो तर कारवाही भएन । 

मेडिकल पसलेले स्वास्थ्य विभागबाट स्वीकृति नै नलिई संचालनमा ल्याएका एक्स रे, भिडियो एक्स रे, ईसिजी मेशीन लगायतलाई जिल्ला प्रशासनले नियन्त्रणमा लिने र रोक्ने गरेको छैन । औषधि विक्री गर्ने अनुमति लिएका पसलेले विरामी चेकजाँच गरेका छन् ।

तिनीहरुलाई कारवाही गर्न छाडेर उल्टै एक देखि दुई महिनाको समय अवधि दिएर स्वीकृति लिई काम गर्न अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी भन्छन्,‘मेडिकल पसलहरुलाई एकदेखि दुई महिनासम्मको समय दिईएको छ । यो समयअवधि भित्र नसच्चिएमा कारवाही हुनेछ ।’ 

त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले मेडिकल पसलमा गरिएको अनुगमन र कारवाही बारे पुछताछ गर्दा आफूले जिल्ला प्रशासनलाई रिपोर्ट बुझाई सकेको भनी पन्छिन खोज्दछन् । कानून विपरितको काम गर्ने मेडिकल पसलेहरुका विरुद्ध कडा कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई केले रोक्यो ? भनी सर्वसाधारणले प्रश्न गरेका छन् । 

जिल्लाका प्रशासकले कुनै कारवाही गर्न नसकेपछि मेडिकल पसलेका विरुद्ध   सर्वधारण हेल्लो सरकारमा पुगेका हुन् । यो नेपाल सरकारले जनताको गुनासो सिधै सुन्नका लागि संचालनमा ल्याएको छ । 

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मेडिकल विरुद्धको कारवाही अगाडि बढाएर स्वास्थ्य मन्त्रालय मार्फत् मेडिकल पसलेहरुका विरुद्ध कारवाही थाल्दैछ । स्थानीय प्रशासनले पटक पटक अनुगमन गरी सच्चिन आग्रह गरेपनि कुनै सुनुवाई मेडिकल पसलहरुले गरेको पाईदैन । 

यस अघि २०७१ सालमा मेडिकल पसलहरु अनुगमन गरिदा कानून विपरित एक्स रे मेशीन, भिडियो एक्स रे, ईसिजि मेशीन लगायत राख्ने र विरामी चेकजाँच गर्ने भनी उल्लेख गरिएका मेडिकल पसलहरु यतिखेर पनि दोहोरिएका छन् । कानून विपरित स्वास्थ्य सेवा गर्दै आएका मेडिकलहरु पर्वत मेडिकल हल, गणेश मेडिकल हल, बाग्लुङ मेडिकल लगायत छन् ।

मेडिकल पसलहरुले कालोकर्तुत ढाकछोप गर्दै

स्वास्थ्य सेवाका नाममा सर्वसाधारणको स्वास्थ्य माथि गम्भीर खेलवाड गर्ने पर्वत कुश्मा र यस आसपासका केही मेडिकल पसलहरुले धमाधम आफ्नो कालो कर्तुत ढाकछोप गर्दै छन् । 

यसअघि औषधि पसलेहरुले कानूनी स्वीकृति नै नलिई एक्स रे, भिडियो एक्स रे, ईसिजी सेवा लगायत अन्य कार्य गरिने छ भनी बोर्डमै उल्लेख गर्दै आएका थिए । पत्रपत्रिका र जिल्लामा संचालित एफएम रेडियोमा चर्को प्रचार गर्थे । 

यतिखेर मेडिकल पसलवालाहरुको विरुद्ध समाचार संम्प्रेषणपछि भने उनीहरुले कानून विपरित गर्दै आएको कार्यलाई आफ्नो बोर्डबाट हटाउने र रेडियोबाट समेत प्रचार गर्न रोकेका छन् । 

केही मेडिकलवालाहरुले एक्स रे मेशीन, भिडियो एक्स रे लगायतका स्वास्थ्य संचालन गर्ने मेशिनहरु अझै पनि गोप्य रुपमा संचालनमा ल्याउदै गरेको सर्वसाधारणको भनाई छ । यसरी बोर्ड र प्रचारप्रसार हटाउनेमा पर्वत मेडिकल हल, गणेश मेडिकल हल लगायत छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो