भदौ २७, चितवन । चितवन राष्ट्रिय निकुञ्जले अन्य जनावरबाट आक्रमणमा परी अलपत्र अवस्थामा रहेका दुईवटा गैँडाका बच्चालाई उद्धार गरी उपचार थालेको छ । 

निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार मेघौलीबाट अन्दाजी आठ महिनाको र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, चितवन । चितवन राष्ट्रिय निकुञ्जले अन्य जनावरबाट आक्रमणमा परी अलपत्र अवस्थामा रहेका दुईवटा गैँडाका बच्चालाई उद्धार गरी उपचार थालेको छ । 

निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार मेघौलीबाट अन्दाजी आठ महिनाको र "/>

2026-07-26 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

दुई गैँडाका बच्चाको उद्धार

भदौ २७, चितवन । चितवन राष्ट्रिय निकुञ्जले अन्य जनावरबाट आक्रमणमा परी अलपत्र अवस्थामा रहेका दुईवटा गैँडाका बच्चालाई उद्धार गरी उपचार थालेको छ । 

निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार मेघौलीबाट अन्दाजी आठ महिनाको र अमलटारीबाट एक महिनाको भाले बच्चालाई उद्धार गरी उपचार थालिएको हो । दुवै बच्चालाई निकुञ्जको सौराहामा राखेर उपचार गरिएको छ । 

मेघौलीमा उद्धार गरिएका गैँडाका बच्चालाई बाघले आक्रमण गरेको अनुमान गरिएको छ । निकुञ्जका भेटनरी डाक्टर कमल गैरेका अनुसार ती बच्चाको अगाडिको खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न ठाउँमा घाउ छ । दूध खुवाउन नसकिएको भन्दै उनले घाँस राम्रोसँग खाने हुँदा कुनै समस्या नपरेको बताए । ती बच्चा साउन २४ गते मेघौली सेराई होटलमा करेन्ट लागेर मरेको गैँडाको बच्चा हुन सक्ने बोटेहरुले बताएको डा गैरेको भनाइ छ । 

अमलटारीबाट उद्धार गरिएका बच्चाको पछाडिको खुट्टामा गोहीले टोकेको उनले बताए । नदीले बगाएर आमा र बच्चालाई दुईतर्फ बनाएर अलपत्र परेको हुन सक्ने अनुमान गरिएको छ । अलपत्र देखेपछि दुई/तीन दिन हेर्दासमेत आमा नभेटिएपछि बच्चालाई उद्धार गरिएको सहायक संरक्षण अधिकृत अर्यालले बताए  । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ