२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चोरीका सत्र मोटरसाइकल बरामद

२०७३, २७ भाद्र सोमबार ०७:४४

भदौ २७, कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रबाट प्रहरीले चोरीका नक्कली नम्बर अङ्कित गरी सञ्चालनमा रहेका १७ वटा मोटरसाइकल बरामद गरेको छ । 

नौ महिनाको अवधिमै इलाका प्रहरी कार्यालय झलारीले चोरीका अवैध मोटरसाइकल बरामद गरेको हो । बरामद मोटरसाइकलमध्ये ११ वटालाई भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक सुदाम रावलले बताए । 

“भदौ महिनामा बरामद गरिएका बाँकी छवटा चोरीका मोटरसाइकल भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाएका छौँ”– प्रहरी निरीक्षक रावलले भने । 

अवैधरुपमा नक्कली नम्बर अङ्कित गरी सञ्चालनमा रहेका चोरीका मोटरसाइकल अवैध सामान ओसारपसार र आपराधिक क्रियाकलापमा प्रयोग भइरहेको पाइएपछि नगरपालिकाका विभिन्न क्षेत्रबाट प्रहरी परिचालन गरी बरामद गरिएको उनले बताए । 

यसैक्रममा, नौ महिनाको अवधिमै इलाका प्रहरी कार्यालय, झलारीले पाँचजना फरार अभियुक्तलाई पक्राउ गरी जिप्रका, कञ्चनपुरमा बुझाइएको, चोरी निकासी हुँदै आएको रु एक लाख २७ हजार बराबरको सामान बरामद गरी भन्सारमा बुझाइएको र रु ८० हजार मूल्यको अवैध मदिरा बरामद गरी राजस्व कार्यालय महेन्द्रनगरमा बुझाएको जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा