भदौ २७, काठमाडौं । संविधान घोषणा भएको दिन आगामी असोज ३ गते राजावादीहरुले संविधान खारेजीको माग गर्दै प्रर्दशन गर्ने भएका छन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, काठमाडौं । संविधान घोषणा भएको दिन आगामी असोज ३ गते राजावादीहरुले संविधान खारेजीको माग गर्दै प्रर्दशन गर्ने भएका छन् ।"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

संविधान दिवसमा राजावादीले माइतीघरदेखि नयाँश्वरसम्म प्रर्दशन गर्ने

२७ भाद्र २०७३, सोमबार ०९:१०

भदौ २७, काठमाडौं । संविधान घोषणा भएको दिन आगामी असोज ३ गते राजावादीहरुले संविधान खारेजीको माग गर्दै प्रर्दशन गर्ने भएका छन् । राष्ट्रिय जनता पार्टी राजावादीले राजसंस्था र हिन्दूराज्यको पुर्नस्थापनाको माग गर्दै प्रर्दशन गर्न लागेको हो । 

राजधानीको संवाद डबलीमा सोमबार पत्रकार सम्मेलन गरी पार्टीका अध्यक्ष किशोरी महतोले अहिलेको संविधान भ्रष्टचार, जातीय तथा धार्मिक असन्तुलनको कारक रहेको भन्दै खारेज गर्नु पर्ने बताए । उनले नेपालमा ९० प्रतिशत जनताले हिन्दू धर्म मान्ने गरेको दाबी गर्दै हिन्दूहरुको मतको आधारमा संविधान लेखिनुपर्ने बताए ।

नयाँ संविधानले सामाजिक सदभाव खल्बलिएको, भ्रष्टचार, कुशासनले व्याप्त रुप लिएको तथा दण्डहीनता बढेको जनाउँदै धर्मनिरपेक्षताले राष्ट्रको पहिचान मेटाएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

विदेशीको योजना ल्याएको संघीयताले भौगोलिक रुपमा जनताबीच आपसमा द्वेष पैदा गराई गृहयुद्धको चपेटामा धकेल्न काम निकट समयमै हुने भएको उल्लेख गर्दै २०४७ को संविधानलाई कार्यान्वयनमा ल्याउनुको विकल्प नरहेको दाबी विज्ञप्तिमा गरिएको छ ।

विरोध प्रदर्शन संसदभवन नयाँबानेश्वरमा पुगेर सभामा परिणत हुने पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता नवदत्त पन्तले जानकारी दिए । कार्यक्रममा पार्टीका उपाध्यक्ष नेत्र सुब्बा लिम्बू, प्रवक्ता नवदत्त पन्तलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ