Skip to content
Friday, July 17, 2026 Nepali Online Media
September 4, 2022 चितवन - CTW, समाज

भरतपुर महानगरपालिकाले दुई हजार जना युवालाई निःशुल्क तालिम दिने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ १९, भरतपुर | भरतपुर महानगरपालिकाले दुई हजार जना युवालाई निःशुल्क तालिम प्रदान गर्ने भएको छ ।  चालु आर्थिक वर्ष ०७९र०८० मा महानगरपालिकाले युवाहरूलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रवर्द्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्यूनतम ६ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिइन् । युवाले इच्छा गरे अनुरुप महानगरपालिकाले प्राविधिक तालिम दिनेछ । भरतपुर बहुप्राविधिक शिक्षालय जगतपुरले आयोजना गरेको २८ दिने वेकरी तालिमको समापन कार्यक्रममा बोल्दै मेयर दाहालले रोजगारी प्रवर्द्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको उल्लेख गरिन् ।

तालिमका लागि छिट्टै प्रस्ताव आह्वान गर्ने गरी महानगरपालिकाले प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ । ‘महानगरको नीति तथा कार्यक्रमले उत्पादन र रोजगारीलाई जोड दिएको छ, उनले भनिन्,‘उत्पादन वृद्धि गर्ने र लागत घटाउने नीति लिएका छौँ । अबको प्राथमिकता उत्पादन र रोजगारी प्रवर्द्धन गर्ने नै हो ।’मेयर दाहालले भरतपुर महानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला, सिटीहल निर्माण सम्पन्न भएसँगै ठुलै संख्यामा रोजगारी सिर्जना हुने बताइन् । भरतपुरमा भइरहेको सहरीकरणले दक्ष जनशक्तिको माग पनि वृद्धि हुँदै गएको उनको भनाइ थियो ।