2026-09-12 10:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवतीलाई जबरजस्ती गाडीमा राखी बलात्कार गरेको आरोपमा ८ जना पक्राउ, एक जना फरार

भदौ २०, कास्की | सामूहिक बलात्कारको आरोपमा कास्की प्रहरीले ९ जनाविरुद्ध जबरजस्ती करणी (बलात्कार) को मुद्दा दर्ता गरेको छ । भदौ १७ गते जिल्ला अदालत कास्कीमा जबरजस्ती करणीको मुद्दा दर्ता गर्दै सात दिनको म्याद थप गरेको हो ।

बलात्कारको आरोपमा ८ जनालाई पक्राउ गरिएको छ भने, आरोपित एक जना फरार छन्। आरोपित उनको पनि खोजी कार्य भइरहेको छ। पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका अमृत ठकुरी, सन्तोष दवाडी, साजन दवाडी, राजीव बीसी, सन्जीव शाही, अनूप अधिकारी, रामेश्वर धिताल र सन्जीत नेपाली रहेका छन् ।

यस्तै फरार हुनेमा लमजुङका ईश्वर श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार घटना भदौ १३ गते रातिको हो । १३ गते दिउँसो पीडित २६ वर्षीया युवतीलाई पोखराको शान्तिनगरबाट जबरजस्ती गाडीमा राखी घाचोक लगेको तिमिल्सिनाले बताए । ‘युवती हराएको भनेर हामीलाई १४ गते बेलुका खबर आयो‚’ उनले भने, ‘पीडित हामीसँग १५ गते सम्पर्कमा आइन् । कहाँ गएको भनेर सोधपुछ गर्दा आफूलाई ९ जनाको समूहले जबरजस्ती गाडीमा राखेर घाचोक लगेको र सामूहिक रुपमा पटकपटक बलात्कार गरेको बताइन् । पीडितको बयानका आधारमा पीडकलाई १६ गते बेलुका पक्राउ गरी १७ गते मुद्दा दर्ता गरेका छौं ।’ प्रहरीले अनूप अधिकारीको नाममा रहेको बाग्मती प्रदेश ०१–०२६ च ९२१० नम्बरको गाडीसमेत नियन्त्रण गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

बलात्कारका यी आरोपीहरू पेशाले कामदार र ठेकेदार हुन् । घाचोकको बंगुर फार्ममा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडकले पीडित युवतीले आफूलाई जहाँ गएर जे गर्छेस् गर्, पुलिसकोमा गएर भने पनि भन भन्दै धम्की दिएको बताएकी छन् । -ईकान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस