2026-11-01 07:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्युत् चुहावटले महिनामा एक करोड रुपैयाँ घाटा

भदौ २८, वीरगन्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा बढ्दै गएको विद्युत् चुहावटका कारण नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले प्रत्येक महिना एक करोड दुई लाख रुपैयाँ घाटा व्यहोर्दै आएको छ । 

हाल जिल्लामा १९ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले प्रत्येक महिना १७ लाख युनिट विद्युत् खेर गइरहेको वितरण केन्द्रका प्रमुख चुतुनकुमार श्रीवास्तवले बताउनुभयो । ग्रामीणक्षेत्रमा बढ्दो विद्युत् चुहावटलाई असुरक्षाका कारण नियन्त्रण गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । कूल ५९ हजार ग्राहकलाई विद्युत सेवा पु¥याउँदै आएको प्राधिकरणले बन्द भएको वीरगन्ज चिनी काराखानासँग रु तीन करोड, कृषि औजार कारखानासँग दुई करोड तथा अन्य सरकारी कार्यालयसँग गरी रु २० करोडसहित ६७ करोड रुपैया बक्यौता रकम उठाउन नसकेको हो । 

प्राधिकरणले विद्युत् चुहावट गर्ने ६७ जना ग्राहकलाई कारबाही गरी आठ लाख ६१ हजार २५० तथा ४२५ जना ग्राहकको लाइन काटी रु दुई करोड ९१ लाख ३३ हजार रकम असुलेको प्राधिकरण प्रमुख श्रीवास्तवले बताउनुभयो । कालोसूचीमा रहेका २९ हजार ग्राहकसँग प्राधिकरणले ११ करोड ३२ लाख ६९ हजार ११४ रुपैयाँ उठाउन बाँकी रहेको छ । ९५ प्रतिशत रकम सङ्कलन गरे पनि ग्रामीण क्षेत्रमा हुने विद्युत् चुहावट भने असुरक्षाका कारण रोक्न नसकिएको बताइएको छ । 

विद्युत् पोलबाट हुकिङ गरी विद्युत् चोर्नेलाई कारबाही गर्न जाँदा ग्रामीणवासीले प्राधिकरण कर्मचारीलाई कुटपिट गर्ने गरेकाले यो समस्या आएको बताउनुभएको छ । प्राधिकरणसँग कर्मचारी तथा स्रोतसाधनको अभावका कारण हाल पर्सा जिल्लामा १९ प्रतिशत विद्युत् चुहावट भइरहेको छ । वीरगन्ज उपमहानगरपालिकाले सडकबत्ती बालेबापत प्राधिकरणलाई १५ करोड ६२ लाख रुपैयाँ तिर्न नसकेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द