Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छात्रावासबाटै दुई विद्यार्थी बेपत्ता

२०७३, २८ भाद्र मंगलवार ०५:३०

भदौ २८, पाँचथर । पाँचथरको फिदिममा रहेको मेची इङलिस स्कुलमा अध्ययनरत दुई विद्यार्थी गत चारदिनदेखि बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा च्याङथापु–३, पाँचथर बस्ने जगदीश राईका छोरा पृथ्वी राई र फिदिम नगरपालिका–१, नाम्दु बस्ने देउमान राईका छोरा वसन्त राई रहेका छन् । 

पृथ्वी सो विद्यालयको कक्षा ९ मा र वसन्त कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयको छात्रावासमा बसेर पढ्दै आएका उनीहरु गत भदौ २५ गते राति ११: ४५ बजेदेखि एकाएक बेपत्ता भएको विद्यालयले जनाएको छ । 

बिनाकारण सम्पर्कविहीन भएका उनीहरुको खोजी भइरहे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको विद्यालयका भाइस प्रिन्सिपल कुलराज नेयोङहाङले बताए । 

बेपत्ता भएसँगै उनीहरुको परिवार भने चिन्तामा डुबेका छन् । उनीहरु जहाँ रहेपनि चाँडै फर्केर आउन परिवार र विद्यालयले आग्रह गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश